तमानखोलाले राख्यो गुर्जाघाटमा सोलार प्यानलबाट ‘चार्जिङ स्टेसन’ ।।

२०८२ असोज २२ ,बुर्तिबाङ ,
तमानखोलाको जुर्गाघाटका स्थानीयले अब लेकमै मोबाइल फोन चार्ज गर्न पाउने भएका छन् ।

करिब दुई सय अस्थायी र पाँच घर स्थायी बसोबास रहेको तमानखोला गाउँपालिका वडा नम्बर १ र २ मा पर्ने गुर्जाघाटका स्थानीयको घरमा अहिलेसम्म बिजुली बत्ती पुगेको छैन् । यहाँका स्थानीय अहिले पनि धुपीको दियालोको उज्यालोको भरमा छन् ।

पाँच सयभन्दा बढी जनसंख्या रहेको यहाँका नागरिकले सूचना र सञ्चारका लागि मोबाइल फोन बोके पनि चार्ज गर्न दुई दिन लगाएर गाउँपालिको केन्द्र आसपासको गाउँमा आउनु पर्छ । तमानखोला गाउँपालिकाका अधिकांश नागरिक पशुपालनमा आवद्ध रहेको हुँदा बर्खाको पाँच महिना गुर्जाघाटमा जाने गर्छन् । तमानखोलाका दुई सय घर परिवार जेठ महिनादेखिनै घुर्जाघाट उक्लिन सुरु गर्छन् ।

बर्खाभरी लेक ९घुर्जघाट०मा बसेर असोज÷कार्तिक तिर मात्रै बेसी ९गाउँ० झर्ने गर्छन् । असोज लागेपछि चिसो सुरु हुने हुँदा बेसी झर्ने उनीहरुको परम्परा जस्तो बनेको छ । तर पाँच घर परिवार भने स्थायी रुपमा बाह्रै महिना गुर्जाघाटमा बस्छन् । गुर्जाको भेगमा मात्र २५ हजार भन्दा बढी भेडा पालन हुँदै आएको छ । यहाँका स्थानीयले गाईभैसीँ पनि पाल्छन् । स्थानीय र गोठालालाई मात्र होइन पछिल्लो समय ढोरपाटन हुँदै त्यहाँ पुग्ने पर्यटकलाई समेत मोबाइल फोन चार्ज गर्न समस्या थियो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट चार वटा सोलर प्यानल जडान गरेर एक साथ १५ वटा मोबाइल फोन चार्ज गर्ने मिल्ने व्यवस्था मिलाएको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । गाउँपालिकाले करिब २ लाख लागतमा गत साता सोलार प्यानल जडान गरेको उहाँको भनाइ छ । यहाँका स्थानीय, गोठाला र पर्यटकलाई समेत सुविधा होस भनेर तत्कालका लागि सोलार प्यानलबाट चार्ज गर्ने व्यवस्था मिलाइएको अध्यक्ष बुढा मगरले बताउनुभयो ।

अध्यक्ष बुढा मगरले भन्नुभयो – “घुर्जाघाटमा धेरै वर्ष अगाडिदेखि तमानखोलाका नागरिकहरु बस्दै आएका छन्, खासगरी बर्खाको बर्खामा सयौँ मानिसहरु यहाँ बस्ने र परिवारसँग टाढा हुँदा टेलिफोन गर्नेका लागि समस्या थियो, विद्युत पु¥याउन निकै गाह्रो छ, त्यसले गर्दा यस वर्ष गाउँपालिकाले मोबाइल चार्ज गर्नका लागि सोलार प्यानलबाट भए पनि चार्जिङ स्टेसन राखेका छौँ, यसबाट हाम्रा नागरिक मात्रै नभई घुम्न आउने पर्यटकलाई समेत सहज हुने अपेक्षा लिएका छौँ ।”

अध्यक्ष बुढा मगले आवश्यकता त घर घरमै उज्याले पु¥याउनु पर्ने भएको भन्दै स्रोत साधन सीमित हुँदा विद्युत पु¥याउन नसकेको बताउनुभयो । गुर्जाघाटमा विद्युत समस्या रहेको भन्दै यहाँको बस्ती अस्थायी भएकाले तत्कालका लागि सञ्चार सम्पर्क जोड्ने उद्देश्यले फोन चार्ज गर्ने व्यवस्था मिलाएका बताउनुभयो ।

ढोरपाटन शिकार आरक्ष र म्याग्दीको धौलागिरी गाउँपालिकासँग सिमाना जोडिएको गुर्जाघाटमा नेपाली सेनाको क्याम्पसमेत छ । यहाँका स्थानीयले सेनाको क्याम्पमा पुगेर चार्ज गर्ने गरेको भए पनि पटक पटक महिला र युवतीले जनप्रतिनिधीलाई गुनासो गर्थे । यहाँका महिला र युवतीले सेनाको क्याम्पमा एक्लै चार्ज गर्न जान नसक्ने, र बुढापाका वा अभिभावकसहित सधैँ जान सक्ने अवस्था नहुने हुँदा तत्कालका लागि समस्या समधान गर्न सोलार प्यानल जडान गरिएको तमानखोला गाउँपालिकाका कार्यपालिका सदस्य ढालेन्द्र छन्त्यालले बताउनुभयो ।

आफू पनि भेडापालक किसान रहेको हुँदा गुर्जाघाटमा बस्ने सञ्चारबाट टाढा हुनु परेको भन्दै सोलार प्यानलबाट मोबाइल चर्जा गर्न मिल्ने भएपछि सहज हुन थालेको छन्त्यालले बताउनुभयो । यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने गरेको उहाँको भनाइ छ । अब पर्यटकलाई पनि सञ्चार सुविधा हुने छन्त्यालल बताउनुहुन्छ ।

गाउँपालिकाले जुर्गाघाटमा स्थायी रुपमा बसोबास गर्दै आएका लोकबहादुर छन्त्यालको घरमा सोलर प्यानल जडान गरेको छ । यसको रेखदेख र संरक्षणको जिम्मा समेत लोकबहादुरलाई दिइएको छ । लोकबहादुरको घर म्याग्दीको भूगोलमा पर्छ । लोकबहादुर बाह्रै महिना त्यही बस्ने भएकाले सुरक्षा र संरक्षणका लागि उहाँको घरमा सोलार प्यानल जडान गरिएको कार्यपालिका सदस्य छन्त्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img