तमानखोलामा दलित समुदाय माथिको विभेद माफि र जरिवाना सहित टुङ्ग्याइयो ।

तमानखोला असोज २० गते
तमानखोला गाउँपालिकामा दलित समुदाय माथि गरिएको विभेद छलफलका माध्यमबाट टुङ्ग्याइएको छ ।
आइतबार गाउँपालिका न्यायिक समितिको समन्वयमा भएको व्यापक छलफलपछि विगत ५ दिन देखिको दलित समुदायको आन्दोलन निश्कर्षमा पुगेको हो ।
गत असोज १५ गते नवमिका दिनमा वडा नम्बर १ र २ को सिमानामा पर्ने ओडानथान मन्दिरमा स्थानीय छन्त्याल समुदाय र दलित समुदायका मानिसबिच मन्दिरमा पुजापाठपछि प्रसाद ग्रहण गर्ने क्रममा छन्त्याल समुदायका सहभागि व्यक्तिहरुले प्रसाद ग्रहण नगरी हिडेपछि सहभागी दलित समुदायका नागरिक आफुहरुलाई विभेद गरी हिडेको र अन्यायमा परेको भन्दै सोही दिन साँझ गाउँपालिका कार्यालयमा न्यायका निम्ती उभिएका प्रसादका रुपमा पकाइएको मासु सहित सहभागी भएका थिए ।
चाडपर्वको समयमा गाउँपालिका कार्यालय बन्द रहेका कारण न्यायिक समितिले आइतबार दुबै पक्षलाई बोलाएर छलफलपछि विभिन्न ८ बुँदे सम्झौता सहित विवाद निश्कर्षमा पुगेको हो ।
न्यायीक समिति संयोजक गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, गाउँपालिका अध्यक्ष जोकलाल बुढा, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगाएत दलित अगुवा, पत्रकार, प्रहरी, स्थानीय बुद्धिजिवी लगाएतको सक्रिय उपस्थितिमा पिडित र पिडक दुबै पक्षलाई राखेर विभिन्न बुँदामा सहमति र जरिवाना सहित विवाद समाधान गरिएको हो ।

सहमति अनुसार पिडक प्रसाद बहिस्कार गर्ने छन्त्याल समुदायका व्यक्तिले माफी माग्दै आफुहरुले आगामी दिनमा जातीय रुपमा हुने भेदभावजन्य गतिविधी नगर्ने प्रतिबद्धता र पूजामा भएको खर्च व्यहोर्ने सहमतिपछि विवाद निश्कर्षमा पुगेको हो ।

त्यस्तै छलफलमा स्थानीय वडा नम्बर २ का माया प्रसाद छन्त्याललाई अन्तरजातीय विवाह गरेकै कारण कुलबाट निस्काशन गरिएका कारण छन्त्याललाई कुलमा समाहित गर्दै गाउँपालिकाभर अन्तर जातीय विवाह गरेकै कारण कुलबाट निश्कासित भएका व्यक्तिलाई कुलमा समाहित गराउन पहल गर्ने, दलित र गैर दलित विच एक अर्काको घरमा सामुहिक भोज गर्ने, जातीय भेदभाव विरुद्ध सचेतना मूलक कार्यक्रम गर्ने, जातीय तथा लैँगिक हिँसा सार्वजनिक पद धारण गरेका व्यक्ति र कर्मचारीले गरेमा तत्काल कानुनी कार्वाही गर्ने निर्णय गरिएको हो ।


त्यस्तै छुवाछुत अन्त्य गर्नका निम्ती सन्देश दिने उद्देश्य सहित जातीय विभेद अन्त्य गरौँ लेखिएको व्यानरमा डोरी बाँधेर दुबै समुदायका नागरीकले सन्देश प्रवाह गर्ने अभियानको सुरुवात समेत गरिएको छ ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै कानुनलाई कसैले मिच्न नहुने र पालिकाले समेत जातीय विभेद अन्त्य गर्न विभिन्न सचेतना मूलक कार्यक्रम र योजना बनाइरहेको बताउँदै यसलाई उन्मूलन गर्न सबैको साथ सहयोग आवस्यक रहेको बताउनु भयो ।
छन्त्याल समुदायको तर्फदेखि स्थानीय अगुवा जाल बहादुर छन्त्याल सहितको टोलीले आफ्नो समुदायका केही व्यक्तिले गरेको कमजोरीका कारण यस्तो समस्या सृजना भएको बताउँदै विगतका वर्षमा आफुहरुले सामुहिक रुपमा पुजापाठ गर्ने र प्रसाद सामुहिक रुपमा लिने परम्परा रहेको बताउँदै जातीय विभेद जन्य गतिविधि रोक्न आफुहरुले समेत पहल गर्ने बताउनु भयो । सहमतीपछि गाउँपालिकामा राखिएको दुर्गन्धित मासु डिस्पोज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img