ढोरपाटन नगरपालिकाको आयोजनामा शुभकामना आदान प्रदान तथा विकासका सन्दर्भका समीक्षा ।


बुर्तिबाङ असोज १२ गते
ढोरपाटन नगरपालिकाको आयोजनामा वडा दशैँ विजया दशमी तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान एवम् नगरपालिकाले गरिरहेको विकास निर्माणका सन्दर्भमा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न भएको छ ।


ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत को अध्यक्षतामा आयोजित कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार लगायतको सहभागिता रहेको थियो । 


कार्यक्रममा बोल्ने सहभागीहरूले स्थानीय सरकार थप नागरिक मैत्री बन्नुपर्ने, बजार व्यवस्थापन, बजार अनुगमन हुनुपर्ने, बजारमा व्याप्त रुपमा जुवातास जन्य गतिविधि भइरहेका कारण कानुनी कारवाहीको दायरामा ल्याउनु पर्ने, यातायात व्यवस्थापन लगायतका विषयमा ध्यानाकर्षण गराउँदै स्थानीय सरकारले गरेका राम्रा कामको आफूहरूले समर्थन गर्ने बताउँदै स्थानीय सरकारले गरेका गलत प्रवित्तिको विरोध हुने बताएका हुन । 


कार्यक्रममा कार्यवाहक मेयर धन बहादुर कायत ले बोल्दै स्थानीय सरकार जनताको नजिकको सरकार भएको बताउँदै आफूहरूको क्षमता, कानुन र विवेकले भ्याएसम्म नागरिकको नजिकमा रहेर काम गरिरहेको बताउनु भयो ।
राजनैतिक दल, समाजका अगुवा व्यक्तिबाट आएका रचनात्मक सुझाबलाई ग्रहण गर्दे थप शुसासन, दिगो विकास र जनअपेक्षा बमोजिम काम गर्न आफूहरू अग्रसर भएर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाउनु भयो । 


कार्यक्रममा नेपाली काङ्ग्रेसका भूमिराज महत, नेकपा एमालेका राम प्रसाद आर्चाय, माओवादी केन्द्रका हेमेन्द्र घर्ति मगर, नेकपाका हरि बहादुर घर्ति, उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्याल, पत्रकार छविलाल पाण्डे, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख आनन्द बस्नेतको मन्तव्य रहेको थियो । 


त्यस्तै अस्थाई ट्राफिक कार्यालय बुर्तिबाङका प्रमुख सुरेश कुवँर, जेएन्जी समुहको प्रतिनिधित्व गर्दे रेशम क्षेत्री,यातायात व्यवसायीको तर्फदेखि नर बहादुर क्षेत्री ,स्थानीय योगेन्द्र परियारले शुभकामना मन्तव्य सँगै ढोरपाटन नगरपालिकालाई समृद्ध, सुशासन र नागरिक मैत्री बन्नुपर्ने अवस्थाका विषयमा मन्तव्य राख्नु भएको हो । कार्यक्रम रोजगार शाखा संयोजक हिरालाल खनालको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img