बुर्तिबाङ असोज १२ गते
लायन्स क्लब अफ ढोरपाटनले बुर्तिबाङमा आगामी असोज २३ गतेदेखि प्रथम ढोरपाटन लायन्स व्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ ।

विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको क्लबले खेलकुद क्षेत्रको विकास र खेलाीको प्रतिभा प्रस्फुटनका निम्ती व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष तेजिन्द्र खत्रीले बताउनु भयो ।
असोज २३ देखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा वि लेवल र सि लेवलका खेलाडीले खेलमा भाग लिन पाउने भएका छन । प्रतियोगिताको वि लेवल तर्फ ५० हजार, ३० हजार र २० हजार क्रमश प्रथम दिर्तिय र तिर्तिय पुरस्कार राशी तोकिएको छ ।

त्यस्तै सि लेवल तर्फ ३० हजार, २० हजार र १५ हजार पुरस्कार तोकिएको क्लबका दिर्तिय उपाध्क्ष एवम् कार्यक्रम संयोजक हेमेन्द्र घर्तिले बताउनु भयो । नेशलन भेट्रान्स खेलका खेलाडी र एक्सपेट २० खेलाडी खेल्न नपाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।