बुर्तिबाङ असोज १० गते
नेपाल कम्युनिष्ट पार्टी बागलुङको आयोजनामा शुक्रबार जेन्जी विद्रोह, नयाँ परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम बुर्तिबाङमा सम्पन्न भएको छ ।

बुर्तिबाङ स्थित राजनैतिक दलका प्रतिनिधि, सामाजिक अगुवा, पत्रकार लगायतको बिचमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । नेकपा पोलिट व्यूरो सदस्य राजन सी ले बोल्दै नेपालमा जेनजी आन्दोलन हुनुका कारण राजनैतिक दलमा देखिएको वितृष्णा, चरम भ्रष्टाचार, बेतिथी, अपारदर्शिता र पार्टीमा पुन संरचना नभएकै कारण यस्तो अवस्था सृजना भएको बताउनु भयो ।
वर्तमान आन्दोलनले देशमा भइरहेको गतिविधिलाई सही तवरले अगाडी बढाउनका निम्ती सबै राजनैतिक नेतृत्व सच्चिएर अगाडी बढ्नुपर्ने अवस्था सृजना भएको बताउनु भयो ।

नेपालमा मुख्य समस्याको जड भ्रष्टाचार रहेका कारण त्यसलाई रोक्नका निम्ती खबरदारी संगै देशको विकासमा कृषिको विकास र रोजगारीको सृजना अपरिहार्य रहेको उहाँको भनाई थियो ।
सी ले थप बोल्दै भन्नुभयो “अहिलेको अवस्थामा यथास्थितमा वस्नेहरु कि त प्रतिगमन तिर जान्छन कित पश्चगमनको बाटोमा जाने बताउँदै वैचारिक र सामाजिक जेन्जी समुहका जायज मागलाई समेटेर अगडाी बढ्नुको विकल्प नरहेको प्रस्ट पार्नुभयो ।”
कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, पत्रकार, जनप्रतिनिधि लगायतको सहभागिता र धारणा मूलक मन्त्य रहेको थियो । सहभागी वक्ताहरूले स्थानीय तहदेखि संघ सम्मको भ्रष्टाचारको अन्त्य गर्नुपर्ने, संधै पदको लागी मरिहत्ते गर्ने नेताहरु पार्टीको पुनर संरचनामा अगाडि बढ्नुपर्ने र समयमा निर्वाचन गराएर देशलाई विकास निर्माण र समृद्धिमा अगाडी बढाउनुको विकल्प नरहेको बताएका हुन
। कार्यक्रम नेकपा जिल्ला कमिटी सचिवालय सदस्य हरि बहादुर कुवँरको सञ्चालनमा सम्पन्न भएको हो ।