बुर्तिबाङ –बोङ्गादोभान सडक खण्डको काम सन्तोष जनक नभएको भन्दै: तमानखोला गाउँपालिकाको ध्यानाकर्षण ।

 बुर्तिबाङ असोज ५ गते

बुर्तिबाङ –बोङ्गादोभान सडक खण्डको काम सन्तोष जनक नभएको भन्दै स्थानीय नागरिक र जनप्रतिनिधिले आयोजना कार्यालय र निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन ।

दुई वर्षमा ११ किलोमिटर सडक कालोपत्रे भइसक्नुपर्ने गरी २०८१ साउन महिनामा निर्माणको जिम्मा पाएको एसी कन्ट्रक्सन निर्माण कम्पनीले जिम्मा पाएको हो ।

तर निर्माण कम्पनीले एक बर्ष जितिसक्दा समेत सन्तोषजनक काम नगरी बहानाबाजी गरेका कारण आफूहरूले चौँठो पटक ध्यानाकर्षण गराइएको तमानखोला गाउँपालिका अध्यक्ष जोक लाल बुढाले बताउनु भयो । पूर्वाधार विकास कार्यालय गण्डकी प्रदेश अन्र्तगत कुल २३ करोडको टेन्डरमा १२ करोड ७३ लाख लागतमा निर्माण सम्पन्न गर्ने गरी जिम्मेवारी पाएको एसि कन्ट्रक्सनले गत आर्थिक वर्षमा १६.६७ प्रतिशत वित्तिय प्रगति र भौतिक प्रगति २१.५ प्रतिशत भएको  पूर्वाधार विकास कार्यालयका प्रतिनिधि ज्ञानेन्द्र कँडेलले बताउनु भयो । 

निर्माण कम्पनीले हालसम्म पेश्की र रनिङ विल अनुसार ४ करोड ३१ लाख रकम बुझिसकेको कार्यालयले जनाएको छ । बजेट अभाव र स्थानीय अवरोधको कारण देखाउँदै स्थानीय निर्माण व्यवसायी दीपक कुमार अदै ले गत बैशाख महिनादेखि निर्माणको काम रोकेको बताउनु भएको थियो ।

योजना निर्माणको सम्झौता भइ काम अगाडी बढाइएपनी सरकारले समयमा भुक्तानी र बजेटको सुनिश्चितता नगरीदिँदा आफुले समयमा निरन्तर काम गर्न नसकेको बताउँदै  पेश्की वापतको रकम कम्पनीले काम गरेअनुसार विलबाट घट्ने गरी व्यवस्थापन हुने र गतबर्षको कार्यसम्पादन वापतको रकम गत भाद्र महिनामा मात्र पूर्ण भुक्तानी भएको अदैको भनाई छ ।

यसवर्ष बजेट व्यवस्थापन र कार्यालयको तर्फदेखि निर्माणको काम गर्न अनुमति प्राप्त भएसंगै सडकमा रहेका खाल्डाखुल्डी पुर्ने र सडक व्यवस्थापनको काम सुरु भइसकेको निर्माण कम्पनीका प्रतिनिधि खुम बहादुर अदै ले बताउनु भयो । हाल सडक पिच गर्न तापक्रमको समस्या हुने भएका कारण खाल्डाखुल्डी पुर्ने र ढलान गर्नुपर्ने स्थानमा ढलानको काम सुरु हुने बताउँदै सडक निर्माणको काममा अब आफुहरु बाट कुनै बहानाबाजी नहुने खुम बहादुर अदै ले प्रतिबद्धता जनाउनु भयो ।

सडकको नाली सफा गर्ने काम आयोजना कार्यालयले गर्ने जनाइएको हो ।  आगामी २०८३ साउन १९ गतेसम्म सडक कालोपत्रे सक्ने सम्झौता रहेको छ । त्यस्तै तमानखोला गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, वडा अध्यक्ष नारायण सुनार, झक बहादुर बुढा, हिरा बहादुर सिर्पाली, कार्यपालिका सदस्य हिक्मत जक्तपुरी , स्थानीय धर्म घर्ती लगायतले बोल्दै निर्माण कम्पनीले समयमा काम पनी नगर्ने विना प्रकृया क्रसर मेसिन सञ्चालन गरेर कम्पनीले व्यक्तिगत मुनाफा आर्जन गरिरहेको बताउनु भयो ।

उक्त समय सम्म निर्माणको काम जुनसुकै हालतमा सम्पन्न गर्न निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालयल लाई गाउँपालिका अध्यक्ष जोक लाल बुढाले ध्यानाकर्षण गराउनु भयो ।

जन आक्रोस बढिरहेको छ  अझैपनि निर्धारित समयमा काम सम्पन्न नभएमा हुन सक्ने क्षेती मा आफूहरूले जिम्मेवारी लिन नसक्ने उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img