संविधान दिवसको अवसरमा माओवादी केन्द्र ढोरपाटन द्वारा अन्तरक्रिया कार्यक्रम ।

संविधान दिवसको अवसरमा माओवादी केन्द्र ढोरपाटन नगरसमितिले शुक्रबार बुर्तिबाङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तरक्रियामा सर्वदलीय सर्वपक्षीय सहभागिता सहित वर्तमान राष्ट्रिय तथा स्थानीय राजनीतिक परिस्थिति, संविधानले प्रदान गरेका अधिकारहरूको उपयोग, जनताको जीवनस्तर सुधारमा राजनीतिक नेतृत्वको जिम्मेवारी लगायत विषयमा व्यापक अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा सहभागी वक्ताहरूले अहिलेको विषम परिस्थितिलाई सामना गर्न सबै दल, समुदाय र स्थानीय तहबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।


माओवादी केन्द्र ढोरपाटन नगरसमितिका अध्यक्ष हेमेन्द्र घर्तीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य निल पुन विशेष आतिथ्यता रहेको थियो ।
पुनले बोल्दै संविधान दिवसलाई केवल औपचारिक रुपमा मात्र नभई जनताका हक अधिकारको कार्यान्वयन र न्यायपूर्ण समाज निर्माणतर्फ केन्द्रित गर्नुपर्ने बताउनु भयो । उहाँले माओवादी केन्द्र निरन्तर जनताको पक्षमा आवाज उठाइरहेको उल्लेख गर्दै जनताको हितका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाउनु भएको हो । कार्यक्रममा राजनैतिक दलको तर्फदेखि नेकपा एमाले , नेकपा माओवादी, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी , स्थानीय सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा हालको राजनीतिक अवस्था, संविधानले दिएको अधिकारको उपयोग र जनताको जीवनस्तर सुधारका विषयमा छलफल गरिएको थियो। वक्ताहरूले अहिलेको विषम परिस्थितिलाई सामना गर्न सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । कार्यक्रम चन्द्रलाल अर्यालको सहजिकरणमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img