नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालमा वर्तमान परिस्थिति सृजना हुनुमा अमरेकी साम्राज्य वादको डिजाइन रहेको बताउनु भएको छ ।
राष्ट्रिय जनमोर्चा बागलुङको आयोजनामा ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा आयोजित प्रशिक्षण मूलक कार्यक्रमको उद्घाटन गर्दे महामन्त्री सिंहले नेपालमा यो अवस्था सृजना हुन सक्ने विषयमा आफूहरूले धेरै पटक भनिरहे पनि अचानक देशको अवस्था परिवर्तन हुने गरी आन्दोलन र क्षति भएको बताउनु भएको छ । वर्तमान जेनजी पुस्ताले उठाएका मागमा दललाई वर्तमान सरकारमा समावेश नगर्ने विषय गम्भिर रहेको बताउनु भयो ।

दललाई बाहिर राख्नका निम्ती कित संविधान खारेज गर्नुपर्यो होइन भने दलविनाको सरकारको औचित्य नहुने उहाँको ठम्याई थियो ।
भोलि सम्म चल्ने प्रशिक्षण मूलक कार्यक्रममा १० वटै पालिकाबाट करिब तिन सय नेता कार्यकर्ताको सहभागिता रहेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

केन्द्रिय सदस्य गौरीश्वर पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा महामन्त्री मोहन विक्रम सिंहको प्रमुख आतिथ्यता केन्द्रिय सदस्यहरू आनन्द शर्मा, वासु पोख्रेल, नर बहादुर पुन लगायत नेताहरूको प्रशिक्षण मन्तव्य रहेको हो ।
कार्यक्रम जिल्ला सचिव भिमलाल पोख्रेलको सञ्चालनमा उद्घाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो ।