तस्वीर : रासस
२०८२ असोज ३, बुर्तिबाङ
दशैँ नजिकिएसँगै हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झार्न थालिएको छ ।

किसान तथा व्यापारीले भेडाच्याङ्ग्रा लिएर देशका विभिन्न बजारमा पुग्न थालेका छन् ।
मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाण्डौलगायत ठूला शहरमा ढुवानी गर्न थालिएको छ ।

नेपाल चौपाया खरिद बिक्री सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार हिजोसम्म एक हजार तीन सय भेडाच्याङ्ग्रा काठमाण्डौ पठाइएको छ भने थप एक हजार सात सय पठाउने क्रममा रहेको छ ।
डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट दशैँका लागि भेडाच्याङ्ग्रा बेच्ने गरिन्छ ।