२०८२ भाद्र, २३ , बुर्तिबाङ ,
बागलुङमा कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादनको क्षेत्र विस्तार गर्न थालिएको छ ।
कृषि ज्ञान केन्द्र बागलुङले तीन वर्षदेखि निरन्तर खायन आलु उत्पादनका लागि क्षेत्र विस्तार गर्दै आएको हो । आधुनिक प्रबिधिको प्रयोग गरि उत्पादन बढाउन सकिने हुँदा जिल्लाको १० वटै पालिकामा क्षेत्र विस्तार गर्दै आइएको छ ।

जिल्लाको निसीखोला, तमानखोला, ताराखोला गाउँपालिका, ढोरपाटन, गलकोट, जैमिनी नगरपालिकाको माथिल्लो क्षेत्रमा अन्य ठाउँमा भन्दा बढी आलु उत्पादन हुने गर्छ । थोरै लगानीमा धेरै आलु उत्पादन गर्न सकिने हुँदा ‘खायन आलु’को क्षेत्र विस्तार गर्दै आएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०र०८१ देखि खायन आलुको क्षेत्र विस्तार गर्न थालिएको प्रमुख सिलवालको भनाइ छ ।


उहाँका अनुसार २०८०र०८१ मा रु दुई करोड ६० लाख, २०८१र०८२ मा रु एक करोड ५९ लाख र चालु आर्थिक वर्षमा रु ५५ लाख ९० हजार क्षेत्र विस्तार भएको छ । खायन आउलु क्षेत्र विस्तारसँगै नयाँ प्रबिधिको प्रयोग, मलखाद व्यवस्थापन गर्ने, सिंचाइ व्यवस्थापन गरि उन्नत जातको बिउ लगाइने प्रमुख सिलवालले बताउनुभयो । यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा खायन आलु लगानी लक्ष्य रहेको उहाँको भनाइ छ ।
प्रमुख सिलवालले भन्नुभयो – “बागलुङ जिल्लामा खायन आलु राम्रो उत्पादन हुने गरेको छ, किसानहरु पनि उत्साहित भएर लाग्नु भएको छ, तीन वर्षदेखि यसको क्षेत्र विस्तार र उत्पादन बढाउनका लागि हामीहरु पनि लागि रहेका छौँ, खायन आलु क्षेत्र विस्तार कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा लागु हुन्छ, आलु उत्पादन गरेर जीविकोपार्जन गर्नका लागि यस कार्यक्रमले टेवा पु¥याउँछ ।”
अहिले बागलुङमा जिल्लाभर ३ हजार ७०० हेक्टरमा आलु खेती हुँदै आएको छ । अघिल्लो वर्ष ५६ हजार २४० मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष किसानले आलु भित्राइ सकेका छैनन् । बागलुङका किसानले उत्पादन गर्ने आलु बागलुङ, पोखरा, बुटवल, चितवन लगायतका शहरमा पुग्ने गरेका छन् ।
खायन आलु राम्रोमा सिंचाइ, मलको राम्रो व्यवस्थान हुने हुँदा उत्पादन बढ्ने गरेको ढोरपाटन नगरपालिका–५ का किसान कृष्णलाल कँडेलले बताउनुभयो । पहिले आफूहरुले खेतबारीमा परम्परागत रुपमा आलु खेती गर्ने गरेको सुनाउँदै अहिले कृषि ज्ञान केन्द्रले खायन आलु खेती सम्बन्धी जानकारी गराएपछि वर्षेनी आलु उत्पादनमा वृद्धि भएको उहाँको भनाइ छ । पछिल्लो समय बजारमा खायन आलुको समेत माग बढेको कँडेलको भनाइ छ ।
कृषि ज्ञान केन्द्र बागलुङले यस वर्ष रु ३७ लाख लगानीमा खाद्यन्न बाली प्रवद्र्धनका कार्यक्रमसमेत संचालन गर्न भएको छ । कृषि सहकारी तथा समूहहरुमार्फत खाद्यन्न बाली प्रवद्र्धन गर्न थालेको हो । कम्तिमा एक समूहले एउटा बाली १०० रोपनीमा एउटा खेती गर्नु पर्ने ज्ञान केन्द्रले जनाएको छ ।










