ढोरपाटन नगरपालिका द्धारा आर्थिक बर्ष २०८१÷०८२ को वार्षिक समीक्षा ।

२०८२ भाद्र १८ बुर्तिबाङ

ढोरपाटन नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को वार्षिक समीक्षा बुधबार सम्पन्न गरेको छ ।

पालिकाले गतवर्ष भएका कार्यक्रम, बजेट योजनाका सन्दर्भमा समीक्षा गर्दे चालु आर्थिक बर्षमा थप व्यवस्थापन र नागरिक मैत्री तवरले अगाडि बढ्ने उद्देश्य सहित विषयगत शाखा सहित समिक्षा गरिएको ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले बताउनु भयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेको अध्यक्षता, नगर कार्यवाहक मेयर धन बहादुर कायत (कल्याण) को विशेष आतिथ्यता ,वडा अध्यक्ष, कार्यपालिका सदस्य , तथा विषयगत शाखा प्रमुख, र कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा गत आर्थिक बर्ष २०८१÷०८२ को विषयगत रुपमा भएका कार्यसम्पादन, कार्य उपलब्धि, समस्या र चुनौतीबारे विस्तृत विवरण प्रस्तुत सँगै समीक्षा गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर कार्यवाहक प्रमुख धन बहादुर कायत ले विगत वर्षमा नगरपालिकाले गरेका काम र प्राप्त उपलब्धिलाई प्रशंसनीय भन्दै अझै धेरै जनअपेक्षा र आवश्यकता बमोजिम शुसासन, जवाफदेहिता र विकास गर्न बाँकी रहेको स्वीकार गर्नुभयो ।

उहाँले दिगो विकासलाई प्राथमिकता दिने, स्थानीय स्तरमा रोजगार सिर्जना गर्ने, नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्ने र योजनाहरूमा पारदर्शिता र जवाफदेहिता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । विषयगत शाखा प्रमुखहरूको तर्फदेखि शिक्षा यूवा विकास तथा खेलकुद शाखा , स्वास्थ्य शाखा, कृषि शाखा, कृषि, पशुपक्षी, रोजगार, लघुउद्यम लगायतका शाखाको तर्फदेखि विषयगत रुपमा प्रशासनिक सुधार र सुशासन लगायतका क्षेत्रमा देखिएका उपलब्धि र कमजोरीबारे तथ्याङ्कसहित जानकारी दिइएको थियो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले नगरपालिकाका शाखा प्रमुख तथा सम्पूर्ण कर्मचारीलाई जिम्मेवारी र अनुशासनसहित काम गर्न आह्वान गर्नुभयो । उहाँले सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन, सुशासन कायम गर्न र सार्वजनिक स्रोतको प्रभावकारी प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

समीक्षा कार्यक्रममा कार्यपालिका सदस्यहरूले विभिन्न विषयमा आफ्ना सुझाव, जिज्ञासा, गुनासा तथा प्रतिक्रिया राखेका थिए । सेवाप्रवाहलाई अझ सहज बनाउनुपर्ने, योजना छनोटमा पारदर्शिता कायम गर्नुपर्ने, वडा स्तरमा जनसहभागिता अभिवृद्धि गर्नुपर्ने, बजेटको उचित वितरणमा ध्यान दिनुपर्ने लगायतका सुझाव प्रस्तुत गरिएको थियो । साथै, योजना निर्माणदेखि कार्यान्वयनसम्म निरन्तर अनुगमन हुनुपर्नेमा समेत जोड दिइएको थियो ।

समिक्षा मा प्रस्तुत प्रतिवेदनअनुसार शिक्षा क्षेत्रमा विद्यालय स्तरमा भौतिक संरचना सुधार, शिक्षक क्षमता विकास र सिकाइ गुणस्तर वृद्धिमा प्रगति भएको देखिएको छ । स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, नियमित खोप कार्यक्रम र स्वास्थ्य सचेतनामूलक गतिविधिहरु सकारात्मक रहेको उल्लेख गरिएको थियो । तर कतिपय क्षेत्रमा बजेटको अभाव, प्राविधिक जनशक्तिको कमी, सडक तथा यातायात अवरोध, वातावरणीय चुनौती, नागरिक अपेक्षामा बढ्दो दवाव जस्ता समस्याहरु रहेका कारण केही योजनाहरु अधुरै रहेको विवरण प्रतिवेदनमा समावेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img