गुल्मीको मुसिकोटमा मकैको आटोको ब्राण्डिङ र बजारीकरण शुरू ।।

भदौ १५, २०८२ आइतबार १३:२६:४८ | जनार्दन घिमिरे

गुल्मी – गुल्मीकाे मुसिकोट नगरपालिकामा जिल्लामै पहिलो पटक मकैको आटो ब्राण्डिङ र बजारीकरण गर्न थालिएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ३ को साना किसान कृषि सहकारी संस्थाले मुसिकोट नगरपालिका अन्तर्गत फेँदीमा खाद्य प्रशोधन उद्योग स्थापना गरेर मकैको आटोको ब्राण्डिङसँगै बजारीकरण शुरू गरेको हो ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ गुल्मी, मुसिकोट नगरपालिका र कृषि ज्ञान केन्द्रको गरी ७३ लाख र साना किसान सहकारी संस्थाको १६ लाख ५० हजार लागतमा भवन निर्माणदेखि मकैको आटो बजारीकरणसम्म आइपुग्दा झन्डै ९० लाख रुपैयाँ खर्च भएको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले बताउनुभयाे ।

साना किसान सहकारीले स्थानीय किसानसँग मकै प्रतिपाथी दुई सय रुपैयाँमा खरिद गरी त्यसलाई प्रशोधन, लेबलिङ र प्याकेजिङ गरेर बजारमा पठाएको छ । मकैको आटोलाई प्रतिकिलो एक सय ३० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । सहकारीमार्फत स्थानीय बजार हुँदै बुटवल र काठमाण्डौसम्म आटो बिक्री गर्ने लक्ष्य रहेको साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक विवेक पेमीले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेलले उत्पादित मकैको आटो र पिठोलाई बजारीकरण गर्न नगरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img