२०८२ भाद्र १४ ,बुर्तिबाङ , निसीखोला व्यापार व्यवसाय सङ्घको आयोजनामा निसीखोला गाउँपालिका वडा नम्बर ५ निसी र वडा नम्बर ६ भल्कोटमा शनिबार व्यवसायिक सचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

संस्थाका अध्यक्ष चेतराम पौडेल सहित पदाधिकारीले दुई वटा वडामा व्यवसायको फार्म तथा पसलमा पुगेर सचेतना मूलक अभियानमा गरिएको जनाइएको छ ।
निसीखोला गाउँपालिकाको ग्रामीण क्षेत्रमा सचेतनाको अभावमा पसलमा म्याद गुज्रिएका सामान खरिद बिक्री गर्ने, दर्ता अनुसार सामान नराखी अन्य सामान समेत राख्ने, सरसफाइ एवम् व्यवसाय दर्ता लगायतका विषयमा गाउँपालिकाले अनुगमन गर्दा समस्या देखिएपछि निसीखोला व्यापार व्यवसाय सङ्घको आयोजनामा व्यवसायीलाई उनीहरूको हक अधिकार सँगै सचेतना जगाउने अभियान सुरुवात गरिएको अध्यक्ष चेतराम पौडेलको भनाई छ ।

अभियानमा संस्थाका उपाध्यक्ष खिम विक्रम गिरी, सदस्य मन प्रसाद आर्चाय, प्रेम बहादुर क्षेत्री , ओम बहादुर विक.सल्लाहकार सदस्य शेर बहादुर घर्ती , खिम बहादुर बोहोरा , बालसिंह कार्की लगायतको टोली दुई वडा वडाका अधिकांश पसलमा पुगेर व्यवसायी संघ भेटघाट उनीहरूको समस्या र सचेतना जगाउने कार्यक्रम गरिएको सदस्य मन प्रसाद आर्चायको भनाई छ । यस्तो अभियान अन्य वडामा समेत सञ्चालन गरिने जनाइको हो ।
गतवर्ष स्थापना भएको निसीखोला व्यापार व्यवसाय सङ्घले निसीखोला गाउँपालिका अन्तर्गतका व्यवसायीको हक अधिकार सुनिश्चता गराउने, सचेतना मूलक कार्यक्रम गर्ने लगायतका गतिविधि गर्दे आएको छ ।










