टारीखेतमा ठाडो खोलाको उत्पात : एक दर्जन घर उच्च जोखिममा । 

ढोरपाटन नगरपालिका २ टारीखेतमा ठाडो खोल्साको भलका कारण १ दर्जन घर उच्च जोखिममा रहेका छन ।

गाउँदेखि माथिल्लो क्षेत्रबाट आउने भल पहिरोका कारण ठाडो खोल्साले आसपासको जमिन कटान गर्न थालेपछी स्थानीय बासिन्दा बाढी पहिरोको जोखिममा परेको स्थानीय थम बहादुर विकले बताउनु भयो ।

नयाँ शहर आयोजना अन्र्तगत रहेको उक्त बस्तीमा नयाँ शहर आयोजनाले निर्माण गरेको तथा अन्य कच्ची सडकबाट बगेर आएको भल बाढीले पैदल मार्ग सँगै स्थानीय नागरिकको घर पहिरोको उच्च जोखिममा रहेको स्थानीय जित बहादुर कुवँरले बताउनु भयो । 

समयमै उक्त भेल बाढी आउने क्षेत्रको उचित व्यवस्थापन नगरे ठुलो क्षेत्री हुन सक्ने कुवँरको भनाई छ । विगत ४ बर्ष पहिले आएको भेल बाढीले स्थानीयको घरमा ठुलो क्षेती पुर्याएको थियो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img