युवा उद्यमीहरूका लागी होमस्टे तथा होटल व्यवस्थापन सम्बन्धी १ महिने तालिम बुर्तिबाङमा बिहीबार देखि सुरु भएको छ । Tree Des Hommes BMZ जर्मनीको आर्थिक सहयोगमा विवाईसी बागलुङ द्धारा ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका अन्र्तगत १६ वटा वडाका ३० जना युवा उद्यमीहरूलाई होटल तथा होमस्टे व्यवसाय संग जोड्नका निम्ती सिव विकास संगै क्षेमतामुलक तालिम दिन सुरु गरेको हो ।
दिगो पर्यटन प्रर्वद्धन कार्यक्रम अन्र्तगत ढोरपाटन आसपासमा रोजगारीको सृजना गर्ने, यूवालाई उद्यम संग जोड्ने, वातावरण, पर्यटन र सरसफाइका कार्यक्रमसँगै अगाडी बढाउने र महिलालाई नेतृत्वमा ल्याउनुका साथै सामूहिक रुपमा उत्पादन र बजारीकरण संग जोड्नका निम्ती विभिन्न कार्यक्रम अगाडी बढाएको परियोजनाले आजदेखि समुहबाट छनौट भएका र वडा कार्यालयले सिफारिस गरेका ३० जना नागरिकलाई होटल तथा होम स्टे सञ्चालन व्यवस्थापन सम्बन्धी तालिम दिन सुरु गरेको हो ।

तालिमको माध्यमबाट स्वदेशमा रोजगारीको सृजना गर्ने, होटल तथा होम स्टे सञ्चालन र व्यवस्थापन गर्न टेवा पुर्याउने र ग्राहकको मन जित्ने गरी स्थानीय खाद्य उपजको प्रयोग मार्फत रोजगारी र आम्दानीमा जोड्ने उद्देश्य सहित सीप विकास मूलक तालिमको आयोजना गरिएको कार्यक्रम टिम लिडर अमर थापाले बताउनु भयो । तालिममा सीप आर्जन गरी व्यवसायीक रुपमा होटल तथा होम स्टे सञ्चालन गर्ने उद्यमीलाई संस्थाले विभिन्न सामाग्री सहयोग गर्ने र कुकमा रोजगारी गर्नेहरूका निम्ती रोजगारीको प्रबन्ध गराउने बताइएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो धारणा राख्दै ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले ग्रामीण क्षेत्रमा होटल तथा होम स्टेको प्रचुर सम्भावना रहेको बताउँदै सहभागितले १ महिना सम्म सिकेको सीपलाई व्यवहारमा उतारेर अगाडी बढ्न सुझाव दिनुभयो ।

विवाईसी ले ढोरपाटन क्षेत्रमा महत्वपूर्ण कार्यक्रम अगाडि बढाइरहेको बताउँदै यस्ता व्यवसायीक र स्वरोजगार मुखी कार्यक्रममा पालिकाले समेत आवश्यक समन्वय र सहयोग गर्ने बताउनु भयो । तालिममा पात्लेखेत होम स्टेका अध्यक्ष तथा प्रशिक्षक नारायण लामाले बोल्दै आफूले यहाँको उत्पादनलाई व्यवसायीक बनाउने र आन्तरिक तथा बाह्य पर्यटकको मन जित्न सक्ने गरी उद्यमीलाई सिप सिकाउने बताउनु भयो ।
यस्तो कार्यक्रम गत वर्षपनि सञ्चालन गरिएको र यसवर्ष सञ्चालन गर्दे गर्दा ढोरपाटन तथा निसी क्षेत्रमा होमस्टे तथा होटल सञ्चालन गर्ने उद्यमीको सङ्ख्यामा वृद्धि हुने र व्यवस्थित बन्ने अपेक्षा लिइएको परियोजनाका कार्यक्रम संयोजक उत्तम अर्यालले बताउनु भयो ।
कार्यक्रममा विवाईसी बागलुङका सदस्य प्रेम केसिको स्वागत रहेको थियो । कार्यक्रम ओम श्रीपालीले सञ्चालन गर्नुभएको हो ।










