बागलुङ जिल्लाको ७० प्रतिशत जनसङ्ख्या सम्म केन्द्रिय विधुतको पहुँच पुगेको अवस्थामा चालु आर्थिक बर्षमा सबै क्षेत्रमा केन्द्रिय विद्युतको पहुँच पुर्याएर जिल्लालाई पूर्ण विद्युतीकरण भएको घोषणा गर्ने लक्ष्य लिइएको छ ।
जिल्लाको अधिकांश स्थानमा विद्युतीकरण भइसक्दा पश्चिम क्षेत्रका केही स्थानमा विधुत पुग्न नसकेको र यसवर्ष नपुगेको स्थानमा विद्युत पुर्याउने गरी पहल भइरहेको नेपाल विधुत वितरण केन्द्र बागलुङका प्रमुख पवन पौडेलले बताउनु भयो ।

बुर्तिबाङ बजार सम्म २०७७ मा ११ केभि क्षमताको विधुत पुगेपनि निसीखोला गाउँपालिका, वडिगाड गाउँपालिका तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिकाको सबै वडा सम्म विद्युत विस्तार हुन सकेको थिएन । यस क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँर लगायत संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको निरन्तर पहलमा पछिल्ला वर्षमा बागलुङ पश्चिम क्षेत्रका अधिकांश स्थानमा विद्युत पुर्याउने काम भइरहेको हो ।
चालु आर्थिक वर्षका निम्ती बडिगाड गाउँपालिका सहित पश्चिम क्षेत्रमा विद्युतीकरण गर्ने उद्देश्य सहित १५ करोड र निसीखोला गाउँपालिकाको वडा नम्बर ५ निशेल ढोर सम्म पुर्याउन थप १ करोड ८१ लाख बजेट माग भएका कारण आवश्यक मात्रामा बजेट उपलब्धता भएमा यसवर्ष सबैभन्दा टाढाको क्षेत्र निशेल ढोरमा पनि बत्ती बाल्ने लक्ष्य रहेको प्रमुख पौडेलको भनाई छ ।

१३२ केभि क्षमताको खल्टुबोट सव स्टेसनमा विधुत जडानको काम भइरहेको छ । पहिले जग्गा विवादका कारण टावर निर्माण र तार टाँग्न समस्या थियो । उक्त समस्या सल्टिए संगै अहिले काम नियमित रुपमा भइरहेको पाइएको छ । त्यस्तै जिल्लाको गल्कोट नगरपालिका अन्र्तगत पाण्डवखानी र रिघाको केही भूभागमा समेत विधुतीकरण गर्न बाँकी रहेको हुनाले चालु बर्ष त्यस क्षेत्रमा पनी विद्युत पुर्याउने लक्ष्य लिइएको हो ।
स्थानीय जलविद्युत मर्ज हुँदै
गाउँगाँउमा केन्द्रिय विधुत पुग्न थालेपछी स्थानीय विधुत आयोजना केन्द्रिय विद्युत संग मर्ज हुन थालेका छन ।निसीखोला ४ मा रहेको निसीखोला दोश्रो आयोजना, चाचल घाट रनसिंह किटेनी जलविद्युत आयोजना र ग्रिङदी खोला हाइड्रो यहि भाद्र १५ सम्म केन्द्रिय विद्युतमा जडान गर्ने गरी काम भइहेको बताइएको छ ।
बागलुङको पश्चिम ४ पालिका बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको हालसम्म ७० प्रतिशत घरधुरी सम्म केन्द्रिय विद्युत पहुँच पुगेको हो ।
पालिकाको अधिकांस स्थानमा मुख्य लाईन पुगेपनी शाखा लाईन जडान हुन बाँकी रहेको बताईएको हो ।