अखिल नेपाल राष्ट्रिय व्यापार संघ बागलुङको अध्यक्षमा सहविन अर्गेजा

अखिल नेपाल राष्ट्रिय व्यापार संघ बागलुङको अध्यक्षमा सविन अर्गेजा सर्वसम्मत चुनिएका छन् । शनिबार बागलुङमा सम्पन्न तेस्रो भेलाले अर्गेजाको अध्यक्षतामा जिल्ला समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा गुमानसिंह खत्री, सचिवमा विष्णु कँडेल, कोषाध्यक्षमा टिकाराम आचार्य, सहसचिवमा बिमल पौडेल, सदस्यहरुमा विष्णु अधिकारी, बेलु गिरी, सवराज छन्त्याल, केशव सुवेदी रहेका छन् ।

समितिको सल्लाहकारमा थानेश्वर सुवेदी, पदम श्रेष्ठ र सविन श्रीष चुनिएका छन् ।

कार्यक्रममा बोल्दै अखिल नेपाल राष्ट्रिय व्यापार संघका केन्द्रिय अध्यक्ष ढाकाराम शर्माले मुलुकले खुला अर्थनीति अवलम्बन गरेका कारण स्वदेशी लगानीमा खोलिने उद्योगहरु धरासायी बन्दै गएको बताए ।

उनले स्वदेशी उद्योगहरु धरासायी बन्दा बहुराष्ट्रिय कम्पनीले भने दिन दुईगुणा र रात चौगुणा धनी हुँदै गएको बताए । उनले नेपालको आर्थिक विकासकोलागि घरेलु उत्पादनलाई जोड दिनु पर्ने बताए । 

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य गौरीश्वर पाण्डे, जिल्ला सचिव भिमलाल पोख्रेल, जनमोर्चाका बागलुङ नगर अध्यक्ष थानेश्वर सुवेदी, युवक संघका जिल्ला अध्यक्ष विरेन्द थापा, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ कास्कीका महासचिव भागिरथ शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

अखिल नेपाल राष्ट्रिय व्यापार संघ बागलुङका अध्यक्ष पदम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत मन्तव्य टिकाराम आचार्य र सञ्चालन सहविन श्रीषले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img