बुर्तिबाङमा तिजगित तथा नृत्य प्रतियोगिता:सरकारले महिलालाई न्याय दिन नसकेको गुनासो ।

बुर्तिबाङ महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा श्रीकृष्ण जन्मास्टमीको अवसर पारेर तिजगित तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
तिज ंसंस्कृर्तिको जर्गेना गर्ने र महिला दिदिबहिनी विच भेट भएर बेदनाका कुरा गित र नृत्य मार्फत सुनाउँदै गर्दा सहभागि महिलाहरुले सरकारले महिलालाई अझैपनी अवसर र पूर्ण अधिकार दिन नसकेको बताएका छन ।
अझैपनी समाजमा महिलालाई गरिने विभेद, अन्याय, अत्याचार संगै बलात्कारका घटनामा कमि नआएको बताउँदै गित मार्फत सरकारको खबदारी गरेका हुन ।
ढोरपाटन नगरपालिकाको आर्थिक सहयोग, विवाईसी नेपालको समोन्य र बुर्तिबाङ महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सञ्चालित कार्यक्रममा विभिन्न १५ वटा महिला समुहको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागि मध्ये परिर्वतनशिल आमा समुह झिंगलबारी प्रथम, लायन्स क्लव अफ बुर्तिबाङ आमा समुह दिर्तिय, टारीखेट हरियाली आमा समुह तिर्तिय र नमुना आमा समुह रिनाम चौठो भएका छन ।
आयोजकले सहभागि सबैलाई सान्तवना पुरस्कारले सम्मान गरेको हो । संस्थाका अध्यक्ष रत्नाकुमारी शेरचनकोे अध्यक्षतमा आयोजीत कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी कायतले महिला विना संसार नचल्ने बताउँदै महिलाको हक अधिकार सुनिश्चत गर्न सबैले साथ दिनुपर्ने बताउँदै महिलाको सहभागिता, अपनत्व र संस्कृर्तिको जगर्नो गर्ने उदेश्य सहित तिजगित तथा नित्य प्रतियोगितामा ढोरपाटन नगरपालिकाले सहयोग गरेको बताउनु भयो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी, पत्रकार , महिला अगुवा लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम संस्थाका सदस्य केशमाया घर्तिको स्वागत, सचिव लिलमाया पून र सदस्य गिता कुमारी शर्माको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img