साउन ३० गते ढोरपाटन
दिगो पर्यटन प्रवर्धन परियोजना द्धारा बुर्तिबाङमा ३ दिने क्षमता मूलक कार्यक्रम सुरु भएको छ ।

विवाईसी बागलुङको आयोजना, टि.डि.एच जर्मनीको सहयोगमा ढोरपाटन क्षेत्रको विकास, पर्यटन पर्वधन र रोजागरी सृजना संगै नेतृत्व विकासमा टेवा पुर्याउने उदेश्य सहित तालिमको आयोजना गरिएको कार्यक्रम अनुगमन तथा मूल्याँक अधिकृत विष्णु पौडेलले बताउनु भयो ।
तालिममा आमा समुह, उद्यमी समुह, यूवा क्लब लगायत ३० जना पदाधिकारीका निम्ती प्रशिक्षण मूलक कार्यक्रम सुरु भएको जनाइएको हो । परियोजनाले ढोरपाटनको विकासका निम्ती यूवा समुह, आमा समुह, क्लब, व्यवसायीलाई विभिन्न सिप विकास तालिम तथा सहयोग गर्दे आइरहेको छ ।

तिन दिन सम्म सञ्चालन हुने तालिममा दिगो पर्यटन, उद्यमशीलता, समूह सङ्गठन व्यवस्थापन, समस्या समाधानको सन्दर्भमा क्षमता मूलक कार्यक्रम समावेश गरी प्रशिक्षण दिइएको जनाइएको छ ।










