तमानखोला गाउँपालिकाले गर्यो आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक समिक्षा ।

 बागलुङको तमानखोला गाउँपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को विषगत रुपमा वार्षिक समीक्षा गरेको छ । गाउँपालिकालाई गुणस्तरीय सेवा प्रवाह, शुसासन, जवाफदेही र जनतामैत्री बनाउने उद्देश्य स्वरुप गत आर्थिक वर्षको समीक्षा सहित चालु आर्थिक बर्षमा थप सुधार गरेर अगाडि बढ्ने विषयमा समिक्षा गरिएको हो ।

गाउँपालिका अध्यक्ष जोक लाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा विषयगत शाखा प्रमुख र वडा सचिव द्धारा वार्षिक रुपमा सम्पन्न गरिएका कार्यक्रम, बजेट, योजना र भावी सुधारका पक्ष समावेश गरिएको प्रतिवेदन प्रस्तुत गरिएको हो ।

शिक्षा, स्वास्थ्य, कृषि, भौतिक विकास र लघु उद्यम संगै सीप विकास कार्यक्रमलाई प्राथमिकता दिएको पालिकाले गत वर्षको लक्ष्यमा ७५.८८ प्रतिशत आर्थिक लक्ष्य पुरा गर्न सफल भएको छ । गाउँपालिका अध्यक्ष जोक लाल बुढाले बोल्दै सुखी र समान समृद्ध तमान बनाउने अभियानमा तमानखोला गाउँपालिका अगाडि बढिरहेको बताउँदै सबै विषयगत शाखाबाट नागरिकलाई सहज र न्याय हुने गरी सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।

पालिकाको श्रोत र साधनले भ्याएसम्म यहाँको शिक्षाको गुणस्तर उकास्न, स्वास्थ्य क्षेत्रको विकास गर्न र लघु उद्यम, सिप विकास, कृषिको व्यवसायिक उत्पादन, प्रविधिमैत्री सेवा प्रवाहलाई जोड दिएर अगाडि बढ्न पालिकाले लक्ष्य लिएर अगाडि बढिरहेका कारण सबैले आ आफ्नो जिम्मेवारीलाई गहन रुपमा  बढाउन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले बोल्दै महिलाका सवालमा धेरै उपलब्धि भइरहेको, लघु उद्यम, न्यायिक सम्पादन प्रकृया, सचेतना मूलक कार्यक्रम र एकल महिला स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिएर कार्यक्रम गरिएको बताउँदै अझैपनी सचेतना, उद्यमशीलता, कृषि क्षेत्रको विकास र प्रविधिगुणस्तरीय विकासमा पालिकाले सक्रियताका साथ काम गर्न सबैको हातेमालो आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत अमित परियार ले कानुनले निर्धारण गरेको मापदण्डमा रहेर जनताको सेवा संगै पालिकालाई समृद्ध, विकासशील र जनता मैत्री प्रशासन बनाउन आफु र कर्मचारी टिमले व्यवस्थित रुपमा कार्य सम्पादन गर्ने बताउनु भयो ।

पालिकाले समग्रमा आर्थिक विकास तर्फ ६३.८८ प्रतिशत, सामाजिक विकास तर्फ ७९.६२ प्रतिशत, शुसासन तर्फ ७१.१५ प्रतिशत प्रगति गर्त सफल भएको हो । त्यस्तै प्रशासनिक ७३.०७ र पूर्वाधार तर्फ ७३.२८ प्रतिशत खर्च गर्न सफल भएको पाइएको हो ।

गाउँपालिकाले गत आर्थिक वर्षमा कुल १११ योजना मध्ये ९ वटा ठेक्का मार्फत र अन्य समिती मार्फत योजना सम्पन्न गरिएको आर्थिक प्रशासन शाखा प्रमुख सुर्दशन कुसारीले बताउनु भयो । स्वास्थ्य तर्फ पोषणमैत्री पालिका निर्माण, ४ वटा वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको, विभिन्न समयमा शिविर सम्पन्न भएको, पोषणमैत्री पालिका मार्फत पोषण सम्वन्धी विभिन्न कार्यक्रम सम्पन्न भइरहेको, विद्यालयमा स्वास्थ्य तथा सरसफाई कार्यक्रम संगै ग्रामिण क्षेत्रमा स्वास्थ्य चौकी स्वास्थ्य इकाई, गाउँघर खोप क्लिनीकको विस्तार भइरहेको बताउँदै गाउँपालिकामा नसर्ने रोगको सँख्या अत्याधिक बृद्धि भइरहेका कारण सचेतना मूलक कार्यक्रम र चेकजाँच शिविर आवश्यक रहेको, किसोरी गर्भवती र सुत्केरी हुने दर नघटेका कारण वाल विवाह अझै कायम रहेको हुनाले त्यसलाई न्यूनीकरण गर्न सचेतना मूलक कार्यक्रम आवश्यक रहेको स्वास्थ्य शाखा प्रमुख तिल बहादुर छन्त्यालले प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

त्यस्तै प्रशासन तथा योजना शाखा प्रमुख विरेन्द्र बहादुर कठायत , शिक्षा शाखा यूवा तथा खेलकुद शाखा प्रमुख दुर्गादत्त घिमिरे, प्राविधिक शाखा प्रमुख राजन जिसी, रोजगार शाखा प्रमुख जीवलाल पाध्या, कृषि शाखा प्रमुख नविन मल्ल, पशु सेवा शाखा प्रमुख तुलाराम आर्चाय, सामाजिक शाखा प्रमुख यूकेश नेपाल, उद्योग पर्यटन तथा सहकारी शाखाको तर्फदेखि लालमाया घर्ती, सूचना प्रविधि तथा राजश्व शाखा प्रमुख अनिल छन्त्याल थापा, जनजाती विकास समितीको तर्फदेखि सदस्य सचिव थम कुमारी घर्ती, दलित विकास समितीको तर्फदेखि लिला बुढाथोकी र वडाको विषयमा वडा सचिबद्धारा वार्षिक कार्यक्रम सम्पादनको सन्दर्भका प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रममा विषयगत शाखाबाट आएका जिज्ञासा, सुझाब र गुनासोको सन्दर्भमा अन्र्तक्रिया गरिएको हो । कार्यक्रम विरेन्द्र बहादुर कठायतको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img