जनै पूर्णिमाको अवसरमा पूजा अर्चना तथा दर्शन गर्न ढोरपाटनमा हजारौँ भक्तजन ।

बागलुङको ढोरपाटन स्थित ढोरबराह मन्दिरमा आज जनैपूर्णिमा अर्थात ऋषितर्पणीको अवसरमा पूजा अर्चना तथा दर्शन गर्न हजारौँ सङ्ख्यामा श्रद्धालु भक्तजन ढोरपाटन पुगेका छन ।

विहिबार देखि नै ढोरपाटन पुग्नेको सँख्या बढेको हो । ढोर बराह मन्दिरमा प्रत्येक वर्ष जनैपूर्णिमा बराह देवताको पूजाआजा तथा पितृको सम्झनामा अर्चना गर्ने गरिन्छ ।

जुन यस क्षेत्रको ठुलो र महत्वपूर्ण पर्व तथा मेलाको स्वरुप समेत हो । पुजा अर्चना तथा दर्शनका निम्ती बागलुङ लगायत छिमेकी जिल्ला रुकुम, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, स्याँङजा, म्याग्दी, मुस्ताङ सहित  पर्वत, कास्की , काठमाडौँ, भरतपुर लगायत देशका अधिकांश जिल्लाहरुबाट हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरू मेला भर्न र ढोरबराह देवताको पूजा अर्चनाका निम्ती पुगेका पाइएको छ ।

प्रत्येक वर्ष ढोरबराह मन्दिरमा चण्डी पूर्णिमा अर्थात बैशाख पूर्णिमाको दिन र जनै पूर्णिमा का दिन दुईपटक ढोर बराहको पूजा गरिन्छ । ढोर वराहको दर्शन तथा पूजा अर्चना गरेमा मनोकाङ्क्षा पुरा हुने स्थानीयको विश्वास रहेको छ । कतिपयले मनोकामना पुरा होस भनी भाकल समेत गर्ने गर्दछन् ।

ढोर बराह मन्दिरमा देवतालाई आफूले मागेको पुरा भए पनि भेडाको बली चढाउने गर्दछन् भने कसैले आफ्ना पितृको मृत्यु भएको छ भने उनीहरूको नाममा उत्तरगंगा नदीमा पिण्ड फुलपाती र चिना अर्पण गर्ने गर्दछन् । यसवर्ष माइन्थोकी पुन मगर समाज ढोरपाटन ९ को आयोजनामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।

आज कार्यक्रमको संघिय सांसद देवि प्रकाश भट्टचनले उद्‌घाटन गर्नुहुने कार्यक्रम रहेको छ । ढोरवाराह मन्दिरमा बिहान सबेरै देखि भेडाको बलि दिने र पुजा, अर्चना तथा भालक गर्नेहरूको भिड लागिरहेको छ । ढोरपाटन पुग्नका निम्ती निरन्तर बर्षात र विभिन्न स्थानमा सडक अवरुद्ध भएका कारण यात्रुले सास्ति खेप्नु परेको हो ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img