पर्वतको जलजला गाउँपालिका ८ की विमला खत्री जिसीले श्रीमान नारायण जिसीको जन्मोत्सवको अवसर पारेर बीमा पोलिसी उपहार दिनुभएको छ ।
बचत र सुरक्षाको विषयमा बीमाको महत्व बुझ्नुभएकी विमलाले जीवन बीमाले श्रीमानको बचत गर्ने बानीको विकास गर्न र भोलिका दिनमा हुन सक्ने विभिन्न जोखिमलाई आर्थिक रूपबाट न्यूनिकरण गर्नका निम्ती जीवन बिमा गरेको खत्रीले बताउनु भयो ।

पछिल्लो समय विवाह, जन्मदिन, शुभ कार्य जस्ता अवसरमा जीवनसाथीलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको हो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखा मार्फत पाँच लाख वीमांक को बीमा पोलिसी खरीद गरिएको उहाँको भनाई छ ।
जीवन बीमाको महत्व बढ्न थालेसँगै शुभ दिन पारेर धेरै जनाले आफ्नो जीवन साथीको बीमा गर्न थालेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखा प्रमुख कमल शर्माको भनाई छ ।