विजय क्लब द्धारा एसईई दिने विद्यार्थीलाई बुर्तिबाङमा निःशुल्क कोचिङ कक्षा ।

ढोरपाटन नगरपालिका १ का व्यवसायी विजय हर्मेल वि.क. (बिरु) ले सामाजिक सेवा गर्ने उद्देश्य सहित विजय क्लब स्थापना गरेर पश्चिम बागलुङका एसईई परीक्षाको ग्रेड वृद्धि गर्ने विद्यार्थीलाई लक्षित गर्दे निःशुल्क रुपमा कोचिङ कक्षा सञ्चालन गरेका छन ।

२०८१ को एसईई मा ग्रेड वृद्धिका निम्ती तयारी गरिरहेका एकसय जना विद्यार्थीलाई निःशुल्क दक्ष शिक्षकद्वारा कोचिङ कक्षा सञ्चालन गर्ने उद्देश्य सहित हाल ८६ जना विद्यार्थीलाई गणित र अङ्ग्रेजी विषयको कक्षा सञ्चालन गरिएको विरुको भनाई छ ।

गत असार २८ गतेदेखि साउन २७ गतेसम्म सञ्चालन गर्ने गरी अगाडी बढाइएको निःशुल्क कक्षामा बडिगाड गाउँपालिका ९ र १० वडा सहित ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका अन्तर्रगतका विद्यार्थीले कोचिङ कक्षामा सहभागिता जनाएका हुन ।

विभिन्न सेक्सन मार्फत सञ्चालित कोचिङ कक्षामा गणित विषयको सेक्सन ए तर्फ शिक्षक दिपेन्द्र छन्त्याल, सेक्सन बि तर्फ दिवस गोतामे, सेक्सन सि तर्फ अङ्ग्रेजी विषय शिक्षक भीम अर्याल र ईश्वर सिर्पाली ले कक्षा सञ्चालन गर्नुभएको हो ।

विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण लगायत सामाजिक कार्य गर्दे आएका बिजय ले सामाजिक उत्तरदायित्व अन्र्तगत एसईई परीक्षामा ग्रेड वृद्धिको निम्ती तयारीमा रहेका विद्यार्थीलाई निःशुल्क रुपमा तयारी गराउने उद्देश्य सहित कोचिङ कक्षा सञ्चालन गरिएको बताउनु भयो ।

ढोरपाटन नगरपालिका १ वडा सदस्य तथा आफ्नी श्रीमती अञ्जु विक र आफूले शिक्षक पारिश्रमिक, हल व्यवस्थापन लगायतको खर्च व्यवस्थापन गर्ने गरी कक्षा सञ्चालन गरिएको बताउँदै निःशुल्क कोचिङ कक्षामा सहभागि हुन चाहने विद्यार्थीलाई अझैपनि कोटा खाली गरिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img