ढोरपाटन सिकार आरक्षमा राजश्व घट्यो ।

छविलाल पाण्डे ढोरपाटन
बागलुङ,रुकुमपूर्व, र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको राजस्व गत आर्थिक बर्षको तृलनामा आर्थिक बर्ष २०८१÷०८२ मा घटेको छ ।
गत वर्ष चार करोड ७१ लाख बढि कुल राजश्व संकलन भएकोमा आर्थिक बर्ष २०८१÷०८२ मा राजश्व घटेर तिन करोड २२ लाख सँकलन भएको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ ।
बढि मात्रामा सिकारबाट राजश्व संकलन हुने गरेकोमा सिकारी विच स्वस्थ प्रतिस्प्रर्धा हुन नसक्दा सिकारको मूल्य घटेसंगै राजश्वमा समेत कमी आएको पाइएको हो । आर्थिक बर्ष २०८१÷०८२ मा सिकारबाट दुई करोड ७५ लाख ६० हजार ४०० रुपैयाँ राजश्व सँकलन भएको छ । जहाँ अघिल्लो बर्ष सोही शिर्षकमा ४ करोड २६ लाख ८८ हजार ७ सय रुपैयाँ संकलन भएको पाइएको थियो ।
आर्थिक बर्ष २०८१÷०८२ मा दुई सिजनमा गरी ३३ वन्य जन्तुको सिकार भएको हो । जसमा २१ नाउर र १२ वटा झारलको सिकार भएको छ । नाउरको अधिकतम मूल्य ६ लाख र झारलको अधिकतम ३ लाख ५० हजार रुपैयाँमा सिकार भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका कर्मचारी पदम रोकायाले बताउनु भयो । आर्थिक बर्ष २०८०÷०८१ मा नाउरको १८ लाख देखि २३ लाख सम्म र झारलको ७ लाखदेखि १३ लाख सम्म मूल्यमा सिकार भएको जनाइएको छ ।
सिकार संगै कार्यालयले वन पैदावार विक्री वितरणबाट एक करोड ५७ लाख ५ हजार २५ रुपैयाँ, पर्यापर्यटनबाट एकतिस लाख २१ हजार ५००, डण्ड सजायबाट ६ लाख २८ हजार ६८० रुपैयाँ र अन्य शिर्षकबाट १ लाख ६१ हजार ७०० रुपैयाँ राजश्व सँकलन भएको हो ।
ढोरपाटनमा गत आर्थिक बर्ष २०८१÷०८२ मा सबैभन्दा धेरै तेइसहजार ६ सय ९२ जना प्रर्यटक भित्रिएका छन । आरक्षमा ७ वटा सिकार ब्लक छन् ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img