ढोरपाटन उद्योग वाणिज्य संघले आफनो भवन निर्माणका निम्ती पचास लाख बढि रकममा जग्गा खरिद गरेको छ ।
यसै बर्ष संस्थाको भवन निर्माण गर्ने उद्देश्य सहित ढोरपाटन नगरपालिका २ बगरमा १० आना ३ दाम जग्गा पचास लाख ८१ हजार रुपैयाँमा खरिद गरिएको उद्योग वाणिज्य संघ ढोरपाटनका अध्यक्ष ढालेन्द्र छन्त्यालले बताउनु भयो ।

अध्यक्ष छन्त्यालले भन्नुभयो ‘संस्थामा रहेको कोष, क्यालेन्डर निर्माण र सदस्यता शुल्क लगायतको शिर्षक बाट पन्ध्र लाख रुपैयाँ र ४१ लाख रुपैयाँ कार्यसमितिबाट सङ्कलन गर्ने गरी आर्थिक व्यवस्थापन गरेर जग्गा खरिद गरेका छौँ ।’

खरिद गरिएको जग्गाको लालपूर्जा
अब चाँडै भवन निर्माण गर्ने गरी अगाडि बढिने बताइएको छ । उद्योग वाणिज्य संघको भवन निर्माणका निम्ती ढोरपाटन नगरपालिकाले चालु आर्थिक बर्षका लागी बिसलाख रुपैयाँ बजेट विनियोजन गरेको हो । अन्य श्रोत जुटाएर तिन तला सम्मको भवन निर्माण गरिने अध्यक्ष छन्त्यालले बताउनु भयो । संस्थाले बुर्तिबाङ बजार नजिकै वगर भन्ने स्थानमा ढोरपाटन जाने सडक छेउमा जग्गा खरिद गरेको हो ।
संस्था स्थापना पश्चात भाडाको घरमा बस्दै आएको र बैठक, कार्यक्रम लगायतका गतिविधि गर्नलाई समस्या भएपछि आफ्नै भवन निर्माणमा जग्गा खरिदका निम्ती अध्यक्ष छन्त्याल लगायत पदाधिकारीको सक्रिय भूमिका रहेको हो ।