ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रुपमा हरिचन पाण्डे चयन हुनुभएको छ ।
निवर्तमान प्रधानाध्यापक ईश्वरी प्रसाद पौडेलले स्वेच्छिक रुपमा राजिनामा दिएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले बरिष्ठताको आधारमा प्रधानाध्यापकको रुपमा शुक्रबार हरिचन पाण्डेलाई चयन गरिएको जनाईएको हो ।
आफूले प्रधानाध्यापकको जिम्मेवारी पाएसँगै विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र भौतिक व्यवस्थापनमा सबैलाई मिलाएर अगाडि बढ्ने प्रधानाध्यापक हरिचन पाण्डेले बताउनु भयो ।

विज्ञापन मार्फत खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको चयन गरिनुपर्ने प्रावधान रहेपनि शिक्षा नियमावली २०५९ को नियम ९३ को उपनियम १२ बमोजिम विद्यालयको प्रशासनिक र आर्थिक अधिकार सहित चयन गरिएको विद्यालय व्यवस्थापन समिति सदस्य गोपाल महतले बताउनु भयो ।