स्थानीय स्रोतको उपयोग गर्दै खुँखानीका चन्द्र  ।।

२०८२ असार २९, बुर्तिबाङ ,
शिशिर विश्वकर्मा ,बागलुङको तमानखोला गाउँपालिका खुंखानीका चन्द्र बहादुर सिर्पाली सीपमा पोख्त हुनुहुन्छ ।
उहाँले स्थानीय चोयाबाट  डोको ,लाम्लो, लगायत चोयाबाट बन्ने धेरै स्थानीय स्तरमा उपभोग गरिने सामाग्री बनाउनु हुन्छ । स्थानिय स्रोतको सिर्जनात्मक उपयोग गर्दै तमानखोला गाउँपालिका खुंखानीका चन्द्र सिपालीले चोयाबाट तयार हुने विभिन्न परम्परागत तथा आधुनिक सामग्री निर्माण गर्दै आउनुभएको छ ।
तमानखोला गाँउपालिकाले आयोजना गरेको दलित उद्यमशीलता प्रवर्द्धन तालिममा सहभागी भएपछि सिर्पालीले आफ्नो सीपलाई आधुनिक स्वरूपमा ढाल्दै चोयाबाट र्‍याक 
फोटो फ्रेम, म्याक्सिन टोकरा, झोल झुण्ड्याउने डोरी, भाँडाकुँडा राख्ने सजावटी होल्डर जस्ता सामग्री बनाउँदै आउनुभएको छ ।
“घरभित्र सीमित सिपलाई तालिमले नयाँ बाटो देखायो,” सिपालीले भन्नुभयो, “तर बजार र प्रवर्द्धनको सहारा पाए भने यो सीपबाट राम्रो आम्दानी लिन सकिन्छ ।”
परम्परागत रूपमा डोको, लाम्लो जस्ता वस्तुहरू निर्माण गर्दै आउनुभएका सिर्पाली पछिल्लो समय गाउँपालिकाले सञ्चालन गरेको दलित उद्यमशीलता प्रवद्र्धन तालिममा सहभागी भएपछि अझ विविध र कलात्मक सामग्री बनाउन थालेका छन् । हाल उहाँले चोयाबाट र्याक,  फोटो फ्रेम, भाँडाकुँडा राख्ने होल्डरजस्ता सजावटी तथा उपयोगी सामाग्रीहरू तयार पार्न थालेका छन् ।
फोटो फ्रेम, म्याक्सिन टोकरा, झोल झुण्डयाउने डोरी, भाँडाकुँडा राख्ने सजावटी होल्डर जस्ता सामग्री बनाउँदै आउनुभएको छ ।
उहाँले अहिले सम्म घरायसी प्रयोजनका लागि मात्र बनाएको बताए त्यसलाई अब स्थानीय सरकारले बजार व्यवस्थापन गरिदिए यसलाई व्यवसायिक रुपमा रुपान्तरण गर्ने बताए ।
पालिकाले दलित उद्यमशिल तालिम दिए पछि उहाँले अहिले चोयाबाट र्‍याक , फोटो फ्रेम, लगायत अन्य सामाग्रीहरू पनि बनाउनुहुन्छ । उनले स्थानीय वन स्रोत ,चोयाको प्रयोग गर्दै डोको, लाम्लो, पाखा, जस्ता दैनिक उपभोग्य वस्तुहरू निर्माण गर्दै आइरहेका छन्। तर अहिले त्यो सीप केवल परम्परामा सीमित छैन। अब त्यो सृजनामा रूपान्तरण हुँदैछ ।
त्यस्तै तमानखोला गाउपालिका वडा नम्बर एकका धनीराम सुनुवारले पनि स्थानीय चोयाबाट बन्ने धेरै सामाग्रीहरू उत्पादन गरेको बताउनु भयो ।
यसैगरी वडा नम्बर १ का धनीराम सुनुवारले पनि चोयाको सिर्जनात्मक प्रयोग गर्दै घरायसी प्रयोजनका लागि विभिन्न सामाग्रीहरू उत्पादन गर्दै आउनुभएको छ। तर बजार अभाव र स्वास्थ्यका कारणले गर्दा उत्पादनलाई बजारसम्म पुर्‍याउन नसकिएको उहाँको गुनासो छ।
“बजार छैन, र आफ्नो शरीरले पनि साथ दिंदैन” सुनुवारले भन्नुभयो, “यसैले अहिले पनि आफूले बनाएको सामान आफ्नै घरमा प्रयोग हुन्छ, कहिलेकाहीं छरछिमेकीलाई दिएर खुसी मान्छु।”
तर बजारीकरण नहुँदा र अशक्त भएका कारण  टाढा लगेर बिक्री गर्न नसकेका कारण घरायसी प्रयोजनमा मात्र सीमित भएको बताए ।
“पहिले घरको कामका लागि मात्रै बनाउँथे, अहिले त तालिमपछि झन् धेरै किसिमका सामान बनाउन थालेको छु,“ उहाँले भन्नुभयो, “यदि गाउँपालिकाले बजार व्यवस्थापन गरिदिने हो भने यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन सक्छु।“
“कसैले खरिद गर्न घरमै आए भने दिन्छु, नत्र त यत्तिकै घरभित्रै सडेर जान्छ,“ सुनुवारले दुखेसो पोख्नुभयो ।
स्थानीय स्रोतको यस्ता सिर्जनात्मक प्रयोगलाई व्यवसायीक स्वरूप दिन सकेमा गाउँमै रोजगारी सृजना हुनुका साथै परम्परागत सीप संरक्षणमा समेत टेवा पुग्ने देखिन्छ ।
चन्द्र सिपाली र धनीराम सुनुवारजस्ता व्यक्तिहरूको प्रयास तमानखोला जस्ता ग्रामीण क्षेत्रमा लुकेका प्रतिभा र स्रोतहरूको उदाहरण हुन्। यदि स्थानीय सरकारले सही नीति र सहयोग प्रदान गर्न सकेमा, चोया जस्ता साधारण स्रोतले पनि आत्मनिर्भरता, रोजगारी र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्छ ।
तमानखोला गाँउपालिका अध्यक्ष जोकलाल बुदाले भन्नुभयो – “हामीले दलित तथा सीमान्तकृत समुदायलाई लक्षित गर्दै उद्यमशीलता प्रवर्द्धन तालिमहरू सञ्चालन गरेका छौँ। आगामी आवमा बजार व्यवस्थापन र प्रदर्शनी मेलाजस्ता कार्यक्रम पनि आयोजना गर्ने योजना छ।”
तमानखोला क्षेत्रमै प्रशस्त मात्रामा पाइने चोया सजिलै संकलन गर्न सकिने स्रोत हो । यसबाट निर्माण गरिएका सामाग्रीहरू टिकाउ, सौन्दर्ययुक्त र पर्यावरणमैत्री हुन्छन्। तर चुनौती भनेको यसलाई बजारसम्म कसरी  पुर्‍याउने  
भन्नेमा छ ।
स्थानीय उत्पादनलाई बजार व्यवस्थापन, उत्पादनको मूल्यांकन, ब्राण्डिङ र डिजिटल प्रवर्द्धन जस्ता पक्षहरूमा तालिम र सरकारी सहजीकरण नहुँदा सृजनशीलता सीमित दायरामा सीमित भएको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित