२०८२ असार २६ ,बुर्तिबाङ ,बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङमा पहिलो पटक विद्युतीय सवारिसाधन (ई.भी.) चार्ज गर्न मिल्ने सेवा सुरु गरिएको छ ।
हरित प्रविधिको प्रवर्द्धन तथा वातावरणमैत्री यातायात सेवा विकास गर्ने उद्देश्यले सो सेवा सञ्चालनमा ल्याइएको हो । स्थानीय व्यवसायीको पहलमा सञ्चालित चार्जिङ स्टेशनले अबदेखि बुर्तिबाङ आसपासका क्षेत्रका ई.भी. प्रयोगकर्तालाई सहज सेवा प्रदान गर्नेछ ।
चार्जिङ सेवा सञ्चालनमा आएसँगै दीर्घकालीन रूपमा स्वच्छ ऊर्जाको प्रयोग बढ्ने र पेट्रोलियममा निर्भरता घट्ने अपेक्षा गरिएको छ । सेवा प्रदायक संस्थाका अनुसार सो स्टेशनमा एकैपटक २ देखि ४ वटासम्म सवारी चार्ज गर्न सकिने सुविधा छ । चार्जिङ शुल्क पनि न्यून राखिएको बताइएको छ, जसले उपभोक्तालाई प्रोत्साहित गर्ने विश्वास लिइएको छ ।
यसअघि बागलुङ जिल्लामा ई.भी. चार्जिङ सेवा मुख्य बजार क्षेत्र र राजमार्ग आसपास सीमित थियो। बुर्तिबाङ जस्तो दुर्गम क्षेत्रमै यस्तो सेवा सुरु हुनु स्थानीयवासी तथा व्यवसायीका लागि सकारात्मक पहलका रूपमा हेरिएको छ ।
बुर्तिबाङमा पहिलो पटक विद्युतीय सवारीसाधन (ई.भी.) चार्ज गर्न मिल्ने सेवा सञ्चालनमा आएको छ। हरित प्रविधिको प्रवद्र्धन तथा वातावरणमैत्री यातायात प्रणाली निर्माण गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो। सेवा सञ्चालनसँगै स्थानीय स्तरमै आधुनिक प्रविधिको उपयोगको सुरुवात भएको छ।
स्थानीय तह, सरोकारवाला निकाय र नागरिक स्तरबाट समेत यो सेवालाई समर्थन दिइएको छ। आगामी दिनमा अन्य स्थानमा पनि यस्ता सेवा विस्तार गरिने योजना रहेको सञ्चालकको भनाइ छ
बुर्तिबाङमा पहिलो पटक विद्युतीय सवारीसाधन (ई.भी.) चार्ज गर्न मिल्ने सेवा सञ्चालनमा आएको छ। हरित प्रविधिको प्रवर्द्धन तथा वातावरणमैत्री यातायात प्रणाली निर्माण गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो। सेवा सञ्चालनसँगै स्थानीय स्तरमै आधुनिक प्रविधिको उपयोगको सुरुवात भएको छ।
स्थानीय उद्यमीहरूको लगानीमा स्थापना गरिएको उक्त चार्जिङ स्टेशनले प्रारम्भमा ४ वटा गाडी एकैपटक चार्ज गर्न सक्ने क्षमता राखेको छ। निकट भविष्यमै क्षमता विस्तार गर्दै मोटरसाइकल, रिक्सा तथा अन्य साना विद्युतीय साधन चार्ज गर्न मिल्ने सुविधा थपिने सञ्चालकको भनाइ छ।











