बुर्तिबाङमा EDU.ZOON को नयाँ शाखा सञ्चालनमा ।।

२०८२ असार १७,बुर्तिबाङ
बागलुङको बुर्तिबाङमा इ.दि.यू. जोनले नयाँ  शाखा सञ्चालनमा ल्याएको छ ।
मंगलबार एक औपचारिक कार्यक्रम समारोहबीच शाखाको उद्घाटन गरिएको हो । अब बुर्तिबाङ क्षेत्रका विद्यार्थी तथा अभिभावकहरूले वैदेशिक अध्ययनसम्बन्धी परामर्श र भिसा सेवाहरू स्थानमै बसेर पाउनेछन्।
उद्घाटन समारोहमा ढोरपाटन उद्योग बाणिज्य संघका अध्यक्ष दालेन्द्र छन्त्याल, समाजसेवी, शिक्षक, विद्यार्थी, र अभिभावकहरूको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष छन्त्यालले भने, “विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई अब सहर धाउनु नपर्ने भएको छ । यो सेवा ग्रामीण भेगमा ज्ञान, सीप र अवसर विस्तार गर्ने ठोस कदम हो।”
इ.दि.यू. जोनका अध्यक्ष दिल रानाले जानकारी दिँदै भने, “हामीले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श सेवा दिन यस शाखाको स्थापना गरेका हौं। अब यहींबाट पठनपाठनका लागि आवश्यक विश्वविद्यालय छनोट, आवेदन प्रक्रिया, भर्ना, भाषा तयारीदेखि भिसासम्म सम्पूर्ण सेवा उपलब्ध हुनेछ।”
शाखामा अष्ट्रेलिया, जापान, क्यानडा, युके, र युरोपेली मुलुकहरूका लागि आवश्यक परामर्श तथा भिसा आवेदन सेवा सञ्चालन हुनेछ।
स्थानीय बासिन्दा र विद्यार्थीहरूले यस्ता सेवा बुर्तिबाङमै सुरु भएकोमा खुसी व्यक्त गर्दै प्रविधि र शिक्षामा सहज पहुँचको अपेक्षा व्यक्त गरेका छन् ।
विद्यार्थीको रुचि, क्षमता र शैक्षिक योग्यता अनुसार उपयुक्त देश, विश्वविद्यालय र कोर्सको सिफारिस ,विश्वविद्यालय आवेदन प्रक्रिया, कागजात तयारी र स्कलरशिप सम्बन्धी मार्गदर्शन,भिसा आवेदन प्रक्रिया ,अष्ट्रेलिया, क्यानडा, जापान, युके, युरोपियन मुलुकहरू लगायतका लागि भिसा आवेदन सहायता लगायतको सेवाहरु प्रवाह बताएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img