खेर जाने चोयाँ लाई आम्दानी सँग जोड्न सीप सिकाउँदै तमानखोला गाउँपालिका ।

गाउँका अधिकांश स्थानमा पाइने बाँस र निगालो वनमा कुहिएर खेर गइरहेको अवस्थामा तमानखोला गाउँपालिकाले स्थानीय नागरिकलाई सिप सिकाएर लघु उद्यम सँग जोड्न दलित उद्यमशीलता विकास कार्यक्रम मार्फत १२ जना व्यक्तिलाई तालिम उपलब्ध गराएको छ ।

विगतमा चोँया बाट डोको, डालो, थुन्से लगायतका सामाग्री बनाउने गरिएपनि अब सीप सिकेर आफूहरूले फोटो फेरेम, सामान राख्ने र्‍याक, जुत्ता चप्पल राख्ने र्‍याक लगायतका सामाग्री बनाउन सिकिएको स्थानीय नर बहादुर रसाइलीले बताउनु भयो । तालिमले सीप सँगै आत्मनिर्भर बन्न सहयोग गर्ने भएका कारण तालिम लिएर आफूहरूले यसलाई व्यवहारमा उतार्ने उहाँको भनाई छ ।

१५ दिन सम्म सिकाइएको सीपबाट स्थानीय स्तरमै आत्मनिर्भर बन्नका निम्ती सहयोग पुग्ने प्रशिक्षक चन्द्र बहादुर पहारीले बताउनु भयो ।

गाउँपालिकाले नागरिकलाई सिप दिएर लघु उद्यम संग जोड्न र उनिहरु लाई आत्मनिर्भर बनाउनका निम्ती सीप सिकाउने गरिएको बताउँदै सीप सिकेर उत्पादनमा लागेपछि बजारीकरणमा पुऱ्याउनका निम्ती पालिकाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।

स्थानीय युवा लोक बहादुर विकका अनुसार आफूमा कुनै पनि सीप नहुँदा समस्या हुने गर्दथ्यो अब सीप आर्जन पछि भोलिका दिनमा व्यवसायिक रुपमा आम्दानी हुने गरी चोँया बाट बन्ने सामाग्री बनाउने अभियानमा जोडिने बताउनु हुन्छ ।

युवालाई सीप र रोजगारी सँग जोड्न र विशेष गरी दलित सामुदायका व्यक्तिलाई आत्मनिर्भर बनाउनका निम्ती यस्तो कार्यक्रम अगाडि सारिएको कार्यपालिका सदस्य हिक्मत जक्तपुरी ले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img