जेठ २३ गते बुर्तिबाङ
शिशिर विश्वोकर्मा
गण्डकी प्रदेश बाग्लुङ जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिका केन्द्रको रूपमा रहेको छ।
बुर्तिबाङ निसि, भुजी र तमान खोलाको संगम स्थल सङ्गै वडिगाड खोलाको उद्गम स्थल पनि बुर्तिबाङ हो । वडिगाड खोलाको किनार, धौलागिरी हिमालको छाया र ढोरपाटनको काखमा अरबस्थित ग्रामीण शहर बुर्तिबाङ सुन्दर र रमणीय छ ।
ढोरपाटन उद्योग वाणिज्य संघ बुर्तिबाङ शाखाको आयोजनामा आयोजित कार्यक्रमका अवसरमा नयाँ व्यापार ,व्यवसाय, शिक्षा, स्वास्थय, खानेपानि , कृषि लगायत आर्थिक विकास र समृद्धिमा नेपाल राष्ट्र बैंकले नागरिकका आर्थिक समस्यामा सुधार गर्न प्रतिवद्ध भएको नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर विश्वनाथ पौडेले बताउनुभयो ।
त्यस्तै उद्यो वाणिज्य संघ, विभिन्न बैंकका कर्मचारी ,सहकारीलगायतले ढोरपाटनको आर्थिक समवृद्धिमा आएका समस्या , बिल भुक्तानी गर्ने प्रक्रिया, निर्माण व्यवसायि समसामयिक समस्या ,बजेट सुनिश्चिता, सहकारीमा मनपरी असुली लगायतका समस्याहरू राखेका थिए ।
नेपालको एकमात्र शिकार आरक्षण ढोरपाटन शिकार आरक्षण र अति नै महत्त्व बोकेको धार्मिक स्थल उत्तारगंगाको प्रवेशद्वार बुर्तिबाङ, मध्य पहाडी पुष्पलाल लोकमार्ग अन्तरगत नेपाल सरकारले अगाडि सारेको नयाँ शहर विकास आयोजनाको १० शहरहरू मध्य बुर्तिबाङ पनि एक हो ।
मध्य पहाडी लोकमार्ग र ढोरपाटन –सालझन्डी –लुम्बिनी जस्ता राजमार्ग तथा राष्ट्रिय सडक सञ्जालले छोएको बुर्तिबाङ उदाउँदो ग्रामीण शहर र व्यापारिक हबका रूपमा विकास भैरहेको छ। बुर्तिबाङ भगवती मन्दिर यहाँको प्रमुख धार्मिक स्थल हो भने अन्य पर्यटकीय र धार्मिक स्थानहरूमा बुर्तिबाङ नजिकै पर्ने अर्नाकोट बराह मन्दिर तथा अर्नाकोट, नरसिंहकोट नगरपालिका भित्रै पर्ने ढोरबराह मन्दिर, उत्तरगंगा, नेपालको एकमात्र शिकार आरक्षण ढोरपाटन शिकार आरक्षण र ढोरपाटनमा रहेका स–साना हिमशिखरहरू यो क्षेत्रको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल लगयतको विषयवस्तुमा अन्रकृया भएको हो ।
कार्यक्रम ढोरपाटन उद्योग वाणिज्य संघ बुर्तिबाङ शाखाका अध्यक्ष दालेन्द्र छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर विश्वनाथ पौडेलको प्रमुख आतिथ्यता, ग्लोबल बैँक कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, दीर्घ बहादुर रावल ,सरण अधिकारी, कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. कृष्ण तिमल्सिना, डा सुनिल आचार्य ,कृषि अनुसन्धान परिषदका वरिष्ठ वैज्ञानिक , विभिन्न बैकका कर्मचारी, सहकारी सञ्चालक लगायतको उपस्थितिमा सविन अर्गेजाको स्वागत मन्तव्यमा ज्ञान प्रसाद कडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।










