तमानखोलाले गर्‍यो पालिकाका एकल महिलाहरूलाई मौरीसहित घार वितरण ।।   

जेठ २२ गते बुर्तिबाङ
शिशिर विश्वकर्मा 

बागलुङको तमानखोला गाउँपालिकाले एकल महिलालाई मौरीसहित घार वितरण गरेको छ । गाउँपालिकाले एकल महिलालाई आयआर्जनसँग जोड्न पालिका भरका २२ जना एकल महिलालाई मौरीसहित घार वितरण गरेको हो । मौरीसहितको घार पाएपछि महिलाहरूले पालिका प्रति आभार व्यक्त गरेका छन् ।
गाउँपालिकाले निसीखोलाबाट रु तीन लाख रकम वरावरको मौरीसहित घार खरिद गरि महिलाहरूलाई वितरण गरेको हो ।
एकल महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउनका लागि सिप सिकाएर व्यावहारमा उर्तान मौरी र घार वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताउनुभयो । तमानखोला क्षेत्र मौरीपालनका लागि उपयुक्त भएको हुँदा पहिलो चरणमा एकएक घार उपलब्ध गराएको भन्दै व्यवसायिक रुपमा गर्दै गए थप मौरी र घार सहयोग गर्ने  उपाध्यक्ष छन्त्यालले बताउनुभयो ।
“एकल महिलालाई यस वर्ष सिप सिकाएर व्यवसायसँग जडौँ भन्ने हिसाबले मौरीपालन सम्बन्धी तालिम दियौँ र मौरीसहित घार पनि उपलब्ध गराएका छौँ, धेरैले चासो पनि दिनुभएको छ, यस वर्ष कम बजेट रहेको हुँदा थोरै घार दियौँ, आगामी वर्ष बजेट बढाएर थप सहयोग गर्ने योजना छ,” उपाध्यक्ष छन्त्यालले भन्नुभयो – “हामीहरुले सिप सिकाउने हो, दक्ष बनाउने हो, उहाँहरूले व्यवसायिक रुपमा मह उत्पादन गर्न थाले अरु सहयोग गर्दै जाने छौँ ।”
तमानखोला गाउँपालिका–६ की जसदेवी छन्त्यालले मौरीपालनबाट परिवार चलाउने र छोराछोरीको पढाई खर्च जुटाउने योजना भएको बताउनुभयो । गाउँमा कुनै पनि किसिमको रोजगार नहुँदा घर खर्च चलाउन समस्या हुने गरेको भन्दै मौरीपालन तालिम लिएपछि व्यवसायिक रुपमा मह उत्पादन गर्ने सोच बनाएको उहाँको भनाइ छ । मौरीपालनका लागि धेरै खर्च नलाग्ने र झन्झटिलो पनि नहुने हुँदा आम्दानीसमेत राम्रो गर्न सकिने छन्त्याल बताउनुहुन्छ ।
एकल महिलालाई आत्मनिर्भर बनाउन  ,सामाजिक तथा आर्थिक सशक्तीकरणमा प्रेरित गर्ने उद्देश्यले पालिका भित्रका एकल महिलाहरूलाई मौरीसहित घार वितरण गरिएको हो । महिलाले मौरीपालनबाट मह उत्पादन गरी आम्दानी गर्न ,घरमै बसेर सञ्चालन गर्न सकिने व्यवसाय भएकाले महिलाहरू आर्थिक रूपमा निर्भर रहन नपर्ने , मौरीपालनले कृषि उत्पादनमा पनि सकारात्मक असर पर्ने, मह, मोम, र अन्य मौरीजन्य उत्पादनको निरन्तर माग हुन्छ ।महिलाहरूको जीविकोपार्जनमा सुधार,गाउँ (घरमा स्वरोजगारको अवसर, वातावरणीय रूपमा लाभदायक अभ्यासको प्रवर्द्धन हुने भएकाले पालिका भित्रका एकल महिलाहरूलाई मौरीसहित घार वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img