तमानखोला गाउँपालिका नर्जामा निःशुल्क आँखा उपार : १५८ जना लाभान्वित ।। 

बैसाख ६ गते बुर्तिबाङ
शिशिर विश्वकर्मा ,
बागलुङको तमानखोला गाउँपालिका ६ नर्जाखानीमा सञ्चालित निःशुल्क आँखा उपचार तथा मोतियाबिन्दु शल्यक्रिया छनोट शिविर शनिबार सम्पन्न भएको छ ।

लायन्स क्लब अफ धौलागिरी बागलुङ, लायन्स क्लब अफ ढोरपाटनको आयोजना हिमालय आँखा अस्पाताल पोखारा,श्रीकृष्ण मेडिको कन्सर्नको प्राविधिक सहयोगमा तमानखोला गाउँपालिका वडा नम्वरनर्जानी आधारभूत स्वास्थ्य चौकी र पात्लेमा निःशुल्क आँखा उपचार तथा मोतिया विन्दु शल्यक्रिया छनोट शिविर भएको हो ।

उक्त शिविरबाट १५८ जना नागरिकहरू लाभान्वित भएकोमा ६५ जनामा सामान्य मोतिया विन्दु देखिएको र ३ जनालाई शल्यक्रिया नै गर्नुपर्ने भएको हो ।

सहर बजारका नागरिकहरूले सहजै रुपमा सेवा पाइरहेको तर दुरदराजमा रहेका नागरिकहरूलाई उपचारका लागि टाढा  टाढा  सम्म पुग्नु पर्ने हुँदा निकै कष्ठ भएका कारण घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध गराउने, बालबालिका, जेष्ठ नागरिक ,महिला तथा आम नागरिकहरूलाई सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको वडा नम्बर ६ का अध्यक्ष चित्र बहादुर छन्त्यालले बताउनुभयो ।

शिविरमा लायन्स क्लब अफ धौलागिरी बागलुङका अध्यक्ष गणेश सिह, वडा अध्यक्ष चित्र बहादुर छन्त्याल , वडा सदस्य , महिला   स्वयमसेविका,बिभिन्न राजनीतिक दलका जनप्रतिनिधि , नर्जाखानी आधारभूत स्वास्थ्य चौकीका इन्चार्ज लक्ष्मि छन्त्याल , नर्जाखानी स्वास्थ्य चौकीका लगायत स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।

मोतियाबिन्दु शल्यक्रियाका गर्नुपर्ने नागरिकहरूलाई अबको केही समयमा वृहत शिविरको आयोजना गरि उनीहरूको शल्यक्रिया गर्ने लायन्स  क्लब अफ धौलागिरी बागलुङका अध्यक्ष गणेश सिहले प्रतिबद्धता समेत जनाउनुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img