ढोरपाटन नगरपालिकामा ३९ मध्ये १४ सहकारी मात्रै सञ्चालनमा 


चैत्र २० गते बुर्तिबाङ
ढोरपाटन नगरपालिका भर रहेका ३९ सहकारी संस्था मध्ये पछिल्लो समय १४ वटा मात्रै नियमित सञ्चालनमा रहेको पाइएको छ ।
नगरपालिकामा रहेको तथ्याङ्क अनुसार विभिन्न उद्देश्यका निम्ती खोलिएका सहकारी मध्ये जम्मा १४ सहकारी सञ्चालनमा रहेको ढोरपाटन नगरपालिकाले जनाएको हो ।
६८ औँ राष्ट्रिय सहकारी दिवस कार्यक्रमका अवसरमा प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेका अनुसार हालसम्म ढोरपाटन नगरपालिकालाई कार्यक्षेत्र बनाएका २०  र अन्य जिल्ला सहित कार्यक्षेत्र बनाएका १९ गरी कुल ३९ सहकारी संस्था दर्तामा रहेको भेटिएकोमा १४ वटा मात्र भेटिएको जनाउँदै बाँकी झोलामा राखेर चलाउने, सेयर सदस्यको रकम झ्वाम पारेर बन्द गरेका सहकारीको खोजी गरि कानुनी दायरामा ल्याउने बताउनु भयो ।
हाल सञ्चालित १४ सहकारी संस्था मध्ये बचत तथा ऋण, कृर्षि, विधुत, संचार,महिला विकास बचत तथा ऋण सहकारी सञ्चालनमा रहेको पाइएको हो । बन्द पनि नभएका तर लामो समयदेखि साधारण सभा नगरेका , नियमित कार्यालय स्थापना गरेर चलायमान नभएका सहकारी संस्थाको संख्या करिब ६५ प्रतिशत रहेको पाइएको कर्मचारी जीवन कँडेलले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img