निसीखोला गाउँपालिकामा लैंगिक हिंसा विरुद्धका सचेतना मूलक कार्यक्रम सम्पन्न ।

मंसिर १६
हामी सबैको प्रतिबद्धता , लैङ्गिक हिंसा अन्त्यका लागी अभियान भन्ने नाराका साथ गत मंसिर ९ गतेदेखि सुरु भएको १६ दिने अभियान अन्तर्गत बागलुङको निसीखोला गाउँपालिकामा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
३३ औँ अन्तराष्टिय« लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान देशभर सञ्चालन भइरहेको हो ।
निसीखोला गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले लैङ्गिक हिंसा अझै पनी जारी रहेका कारण त्यसको अन्त्यका निम्ती सबैले हातेमालो गरेर समाजमा भइरहेको हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिको अध्यक्षता रहेको कार्यक्रममा बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।प्रमुख अतिथी खड्काले बोल्दै आफुहरुले जिल्लाका सबै तहमा सचेतना मुलक कार्यक्रम गर्दै आइरहेको बताउँदै यस वर्ष पनि विभिन्न पालिकामा कार्यक्रम सुरु भइरहेको बताउँदै समाजमा व्यापक रुपमा हिंसा जन्य गतिविधी भइरहेको र त्यसको न्यूनीकरणका निम्ती स्थानीय तह देखि सबै निकायको सक्रिय भूमिका रहनुपर्नेमा जोड दिनुभयो ।

बागलुङमा हिंसा पीडितका निम्ती बागलुङ नगरपालिकाले छुट्टै डेस्क स्थापना गरेर हिंसा पीडितलाई न्याय दिने गरी कार्यक्रम गरिरहेको बताउँदै धवलागिरी अस्पतालमा रहेको ओसीएमसी मार्फत पनि धेरै हिंसा पीडित नागरिकले सेवा लिइरहेको बताउँदै त्यस्तो समस्या रहेमा नागरिकले सहज रुपमा उद्धार र राहातसँगै उनीहरुलाई न्याय दिने कार्य भइरहेको बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष समेत रहनुभएका निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले बोल्दै समाजमा अझै पनि हिंसा जन्य गतिविधि बढिरहेको र महिला मात्र नभई पुरुष समेत पीडित रहेको र हिंसा न्यूनिकरणमा स्थानीय सरकारले विभिन्न सचेतना मूलक कार्यक्रम अगाडि बढाउने बताउनु भयो ।
अशिक्षा, गरिबी, चेतनाको अभाव जस्ता समस्याका कारण पनी हिंसा जन्य गतिविधी भइरहेको बताउँदै त्यसलाई रोक्न सबै सचेत नागरिक सङ्घ खसंस्था र सरकारबिच समन्वय आवस्यक रहेको बताउनु भयो ।
त्यस्तै निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले बोल्दै समाजमा हुने लैङ्गिक हिंसालाई रोक्नका निम्ती विद्यालय तहबाट र विभिन्न सचेतना मूलक कार्यक्रम गरेर नियन्त्रण गर्न सकिने बताउँदै हिंसा दिने व्याक्तिलाई कानुनी दायरामा ल्यान सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति बागलुङका जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम, धौलागिरी अस्पताल बागलुङका बरिष्ठ अस्पताल नर्सिङ निरीक्षक देवी भट्टराई, लगाएत धौलागिरी अस्पालको टिम, जनप्रतिनिधि , निसीखोला गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयका प्रधानाध्यापक एव्म प्रतिनिधि शिक्षक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम निमित्त प्रशासकीय अधिकृत दिलिप चन्दको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img