असोज १७ बुर्तिबाङ
बागलुङको दुर्गम मानिँदै आएको तमानखोला गाउँपालिकाको सदरमुकाम बोङगादोभान सम्म सडक कालोपत्रे गर्ने गरि बिहीबार सडक आयोजनाको गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले सिल्यान्स गर्नुभएको छ । पूर्वाधार विकास कार्यालय अन्र्तगत १२ करोड ७४ लाख लागतमा आगामी २०८३ साउन १९ गते सम्म निर्माण सम्पन्न गर्ने गरि ए.सी. कन्ट्रक्सन प्रा.ली.ले निर्माणको जिम्मा पाएसँगै अब सडक निर्माणको कामले गति लिने भएको हो ।
ढोरपाटन नगरपालिका वडा नं. ३ र ४ सिङ्गो तमानखोला गाउँपालिका हुँदै म्याग्दी जोडिने उक्त सडक आयोजना बुर्तिबाङ बजार खाराखेत देखि पालिका सदरमुकाम सम्म १० किलोमिटर सडक दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरि काम सुरु भएको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगत पूर्वाधार विकास कार्यालय बागलुङको प्रादेशिक निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगतको बहुवर्षीय सडक आयोजनाको रुपमा रहेको छ ।

म्याग्दी क्षेत्र हुँदै तमान जोड्ने गरि माननीय रेशम जुग्जालीको सक्रियतामा म्याग्दी खण्डमा सडक निर्माणको काम हुने भएको हो ।
सडक आयोजनाको सिलन्यास गर्दे गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले नागरिकको माग र आवश्यकतालाई मध्यनजर राख्दै बहुवर्षीय आयोजनाको रुपमा रहेको बुर्तिबाङ तमान सडक आयोजना ठेक्का सम्झौता भई निर्माणको चरणमा अगाडि बढेको बताउँदै सडक सञ्जालकै कारण नागरिकले पाइरहेको दुःख लाई सडक निर्माणले चाँडै खुसीमा परिणत गराउने बताउँदै उक्त सडक आयोजना निर्माण पश्चात दुर्गम गाउँका नागरिक सहज सडक सञ्जाल सँगै कृषि, पर्यटन र रोजगारीमा समेत जोडिने बताउनु भयो ।

सडक आयोजना बहुबर्षिय रुपमा अगाडी बढ्छ म्याग्दी जोड्ने आयोजना भएका कारण १० किलोमिटर कालोपत्रे भएसंगै अन्य क्षेत्रमा समेत क्रमिक रुपमा कालोपत्रे अगाडी बढ्ने बताउनु भयो । आफूहरूले विकासकै कारण पछि परिरहेका नागरिकको हितलाई ध्यान दिएर आवश्यकता र समस्यालाई सँधै हातेमालो गरेर अगाडि बढिने बताउनु भयो ।
बुर्तिबाङ स्वास्थ्य चौकीलाई प्रादेशिक अस्पताल निर्माण गर्ने काममा आफूहरू निरन्तर लागिरहेको बताउँदै कर्मचारीको बदमासीका कारण केही ढिलाई भइरहेको बताउँदै त्यसको विषमया मुख्य मन्त्री लगायत मनित्रहरु र कर्मचारी सँग बसेर निरन्तर छलफल भइरहेका कारण तिहार लगत्तै उद्घाटन गरेर ५० शैया अस्पताल सेवाको सुरुवात गरिने बताउनु भयो ।
सालझण्डी ढोरपाटन सडक, चाँचलघाट मोटरवेल पुल, ढोरपाटन उपत्यकामा मोटरेवल पुल लगायत धेरै विकास निर्माणका कामलाई मुख्य प्राथमिकता दिएर आफूहरू लागिपरेको बताउँदै क्रमिक रुपमा जनताका आवश्यकता र समस्या सम्बोधन हुने बताउनु भयो ।
कार्यक्रममा पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेश घिमिरेले बाल्दै दुई वर्षमा सम्पन्न गर्ने गरी सडक आयोजनाको सम्झौता भएको बताउँदै निर्माण कम्पनीले सक्रिय पूर्वक काम गर्न र राज्य पक्षबाट हुने रकम भुक्तानीमा आफूहरूले समेत साथ दिने बताउनु भयो ।
सडक निर्माणका जिम्मा पाएको ए.सी. कन्ट्रक्सन प्रा.ली.का प्रमुख दीपक कुमार अदै ले बोल्दै आफूले सम्झौता बमोजिम निर्धारित समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै अब तत्काल काम सुरु गर्ने बताउनु भयो । निर्माण कम्पनीले काम गर्दे गर्दा राज्य पक्षबाट बजेट व्यवस्थापनमा दुख दिइरहेका कारण सरकारले समयमै बजेट व्यवस्थापन गरिदिएमा निर्माणमा कुनै समस्या नहुने बताउनु भयो ।
कार्यक्रममा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बोल्दै दुई पालिका सँगै अन्तर जिल्ला जोडिने यस सडक आयोजना तमानखोला गाउँपालिकाको विकासको महत्वपूर्ण आधार भएको बताउँदै सडक सञ्जाल राम्रो भएसंगै तमानखोला गाउँपालिकाको विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनु भयो ।
ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै ढोरपाटन देखि तमान जोडिने उक्त सडक आयोजनाबाट ढोरपाटन नगरपालिका ३ र ४ सँगै समग्र तमानखोला गाउँपालिकालाई सहज हुने बताउँदै निर्माण कम्पनीले समयमै काम गर्नुपर्ने र सरकारले भुक्तान गर्नुपर्ने दायित्वमा ढिलाई गर्न नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा तमानखोला गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, माननीय दिलमाया पौवीका सचिवालय सदस्य सोम बहादुर पौवी ,नेपाली कांग्रेस प्रदेश सभापती मेशलाल सर्मा, नेकपा एमाले जिल्ला सदस्य ज्ञान प्रसाद कँडेल, राजमा केन्द्रिय सदस्य गौरीश्वर पाण्डे, ढोरपाटन उद्योग बाणिज्य संघका अध्यक्ष ढालेन्द्र छन्त्याल लगाएतको सुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रममा राजनैतिक दलका प्रतिनिधी, प्रहरी, पत्रकार, स्थानीय संघसंस्थाका प्रतिनिधी लगाएतको आतिथ्यता रहेको थियो ।
ढोरपाटन नगरपालिका ४ का अध्यक्ष तिलक बहादुर पुनको स्वागत रहेको कार्यक्रम पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेश घिमिरेको अध्यक्षता, तमानखोला गाउँपालिका ३ का अध्यक्ष झक बहादुर बुढाको सञ्चालनमा सम्पन्न भएको हो ।