सनराइज युवा क्लब द्धारा पुनिकला को उपचारमा सहयोग । 

जेठ ८ गते बुर्तिबाङ

जेठ ८ गते बुर्तिबाङ बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर २ मा रहेको सनराइज युवा क्लबले स्थानीय पुनिकला घर्तीको उपचारका निम्ति ५० हजार आर्थिक सहयोग गरेको छ ।

 दुबै मृगौला फेल भई मनिपाल टिचिङ अस्पताल पोखरामा उपचाररत घर्तीको मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था आएपछि आर्थिक संकलन अभियान सञ्चालन भइरहेको अवस्थामा क्लबले पचास हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको क्बल अध्यक्ष चिना घर्तीले बताउनु भयो ।

निसीखोला गाउँपालिका २ की घर्ती विगत एक वर्षदेखि दुबै मृगौला फेल भएपछि उपचाररत रहेकी हुन । 

घरको आर्थिक अवस्था कमजोर रहेको र आर्थिक संकलन अभियान मार्फत उपचारका निम्ति अभियान सुरु गरिएको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img