तमानखोला गाउँपालिकामा सञ्चालित तेस्रो अध्यक्षकप प्रतियोगिता सम्पन्न

विनोद विश्वकर्मा, बुर्तिबाङ

जिल्लाको तमानखोला गाउँपालिकामा सञ्चालित तेस्रो अध्यक्षकप प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।

सोमबार र मंगलबार तमानखोला गाउँपालिका ४ को लामेलामा सञ्चालित अध्यक्षकपको उपाधि भने सरस्वति आधारभुत बिद्यालय तमानखोला गाउँपालिका ४ ले जितेको भने छ । त्यस्तै दोस्रो स्थानमा भने शान्ति माध्यामिक बिद्यालय तमानखोला गाउँपालिका छ खुंखानी भएको छ ।

आयोजित अध्यक्ष कप प्रतियोगितामा सोमबार सञ्चालित आधारभुत तह हाजिरिजवाफ प्रतियोगितामा शान्ति माध्यामिक दिद्यालय खुंखानी प्रथम सरस्वति आधारभुत दिद्यालय लामेला दितिय र जनज्योति आधारभुत बिद्यालय तृतिय भएका थिए । त्यस्तै आधारभुत तह कक्षा ६ देखी ८ सम्मको समुह नृत्य प्रतियोगितामा सरस्वति आधारभुत बिद्यालय प्रथम ,धनगौज्योति माध्यामिक बिद्यालय दितिय र विष्णु आधारभुत बिद्यालय तृतिय भएका छन् ।

सोमबार सञ्चालित आधारभुत तह स्तरिय वत्तृmत्वकला प्रतियोगितामा जनज्योति आधारभुत बिद्यालय प्रथम ,सरस्वति आधारभुत बिद्यालय दितिय र खोलेसवाङ आधारभुत बिद्यालय आधारभुत बिद्यालय तेस्रो भएका छन् । त्यस्तै माध्यामिक बिद्यालय स्तरिय एकल गायन प्रतियोगितामा भने शान्ति माध्यामिक बिद्यालय खुंखानि प्रथम ,जनजागृति माध्यामिक बिद्यालय बोंगादोभानमा दितिय र धनगौ ज्योति माध्यमिक बिद्यालय तृतिय भएका छन् ।
यसैबीच

सोमबार उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दे अध्यक्ष बुढाले तमानखोलाको विकास र समृद्धि शिक्षाबाट मात्रै सम्भव देखिएको हुँदा शैक्षिक क्षेत्रको विकासलाई आफुहरुले पहिलो प्राथमिकता दिएर काम गरेको बताउनु भयो । भौगोलिक रुपमा दुर्गम,शिक्षा चेतना स्तर जस्ता कुरामा तमानखोला गाउँपालिका पछि रहेकै अवस्थामा गाउँपालिकाले भौतिक विकास तर्फ धेरै काम गरे पनि अव शैक्षिक क्षेत्रको शैक्षिक गुणस्तरलाई उकास्ने गरी काम गर्ने बताउनु भएको थियो ।

“विद्यालयको भौतिक विकाश करिव ७० प्रतिशत भइसक्यो अन्य विकास पूर्वाधारका काम पनी धेरै भइसकेका छन अव शैक्षिक गुणस्तरलाई उकास्न नसक्ने हो भने भौतिक प्रगतिले मात्रै अर्थ नराख्ने बताउँदै त्यसको निम्ती सिँगो गाउँपालिका जनप्रतिनिधी, कर्मचारी, शिक्षक, अभिभावक, विद्यार्थीले एकरुपताका साथ भुमिका निर्वाह गनुपर्नु पर्छ” । अहिले सम्म घोकन्ते शिक्षा चल्दै आएका कारण अव व्यवहारिक, उत्पादन मुलक र समाज रुपान्तरण मुलक शिक्षाको विकासलाई पनी अगाडी बढाउनु पर्ने अध्यक्ष बुढाको भनाई थियो ।

कार्यक्रमकै अवसरमा गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्य, सामाजिक विकाश समिती सम्योजक तथा वडा नं.३ का अध्यक्ष झक बहादुर बुढा, तमानखोला गाउँपालिका शिक्षा शाखा प्रमुख दुर्गादत्त घिमिरे, वडा नं. २ का अध्यक्ष नारायण सुनार, वडा नं. ४ का अध्यक्ष छवी प्रसाद श्रीपाली, वडा नंंं. ५ का अध्यक्ष हिरा बहादुर श्रीपाली, वडा नं. ६ का अध्यक्ष चित्र प्रसाद छन्त्याल लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img