आरजु राणा सहित प्रत्यक्षतर्फ १० र समानुपातिकमा ४ जनाको नाम काँग्रेस बागलुङ क्षेत्र नम्बर २ बाट सिफारीस

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङ उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाएको छ । शनिबार सम्पन्न बागलुङ क्षेत्र नम्बर २ को नेपाली काँग्रेसको बैठकले प्रधानमन्त्री पत्नी डा.आरजु राणा देउवा सहित १० जनाको नाम प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारका लागि सिफारीस गरेको क्षेत्रीय सभापति जोकलाल बुढाले बताए ।
बागलुङ क्षेत्र नम्बर २ गठबन्धन हुँदा पनि नेपाली काँग्रेसकै भागमा हुनुपर्ने माग सहित प्रधानमन्त्री पत्नीलाई पहिलो नम्बरमा राखेर उम्मेदवार सिफारीस गरिएको छ । काँग्रेसबाट बागलुङ क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेदवारमा गणेश शेरचन, जिल्ला सभापति जितबहादुर शेरचन, महाधिवेशन प्रतिनिधिहरु टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, संविधान सभा सदस्य नरबहादुर पुन निरज, पूर्व महासमिति सदस्य रामप्रसाद आचार्य, डा। शान्तराज आचार्य, महाधिवेसन प्रतिनिधि सिंहबहादुर रानाको नाम प्रत्यक्षतर्फ सिफारीस गरिएको छ ।
समानुपातिकतर्फ जिल्ला उपसभापति तारानाथ पौडेल, महाधिवेशन प्रतिनिधिहरु तुलासिंह घर्ती, देवीप्रकाश भट्टचन र रेनुका काउचा मगरलाई सफारिस गरिएको क्षेत्रीय सभापति जोकलाल बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img