जनवादी आधारभुत विद्यालयमा प्रकृर्ति संरक्षण सम्वन्धी जनचेतना मुलक कार्यक्रम

बुर्तिबाङ भाद्र १७
ढोरपाटनमा रहेको जनवादी आधारभुत विद्यालयमा प्रकृर्ति संरक्षण सम्वन्धी कार्यशाला गोष्ठी तथा विद्यार्थीलाई खेलकुद स्टेशनरीका सामाग्रि हस्तान्त्रण गरीएको छ ।
ढोरपाटनमा रहेको नेपाली शेनाको ढोरपाटन देवी वक्स गुल्मको आयोजनामा विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समितीका पदादिकारी विचमा प्रकृर्ति संरक्षण, पछिल्लो समय विश्वमा देखिएको जलवायु परिवर्तन, जलवायु परिवर्तनबाट देखिएको प्रभाव र त्यसबाट वच्ने उपाय एवं रोकथामका विषयमा छलफल एवं अन्र्तक्रृया सहित कार्यक्रम सञ्चालन भएको विद्यालयका प्रध्यानाध्यापक देव बहादुर सुनारले बताउनु भयो । आयोजित कार्यक्रमका अवसरमा विद्यार्थीका लागी स्टेशनरी तथा खेलकुदका सामाग्रि समेत गुल्मले हस्तान्त्रण गरेको हो । गुल्मका गुल्मपती शेनानी विनिश श्रेष्ठको प्रमुख आतिथ्यता एवं जनचेतना मुलक मन्तव्य रहेको हो ।
विद्यालय व्यवस्थापन समिती अध्यक्ष प्रेम विश्वकर्माको अध्यक्षता, देवी वक्स गुल्मका क्याप्टेन पदम गिरीको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रम विद्यालयका प्रध्यानाध्यापक देव बहादुर सुनारको स्वागत, शिक्षक थमप्रकाश जैसिको सञ्चालनमा सम्पन्न भएको विद्यालयका प्रध्यानाध्यापक देव बहादुर सुनारले बताए ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img