बेरोजगार युवालाई मासिक २ हजार भत्ता दिने मधेश सरकारको निर्णय

धनुषा – मधेश प्रदेश सरकारले स्नातक उत्तीर्ण गरेका प्रदेशका बेरोजगार युवालाई मासिक रूपमा बेरोजगार भत्ता दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई महिनाको दुई हजार रुपैयाँका दरले बेरोजगार भत्ता दिने निर्णय गरिएको बताउनुभयो ।

प्रदेश सरकारले १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवालाई जीवन निर्वाहबापत भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेशमा स्नातक उत्तीर्ण गरेका झन्डै एक लाख ५० हजार बेरोजगार युवा छन् ।

यस्तै प्रदेश सरकारले खडेरी र डुबानबाट धानबालीमा क्षति बेहोरेका किसानलाई प्रतिकट्ठा एक हजार पाँच सय रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । किसानलाई राहत दिँदा ३६ करोड र युवालाई बेरोजगार भत्ता दिँदा ३५ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको मुख्यमन्त्री यादवले जानकारी दिनुभयो ।

यस वर्ष लामो समय खडेरीको मारमा परेका मधेश प्रदेशका किसान गएको असोजको अविरल वर्षाबाट पुनः डुबान पीडित भएका थिए । मनसुन अवधिमा लामो समय खडेरी परेपछि प्रदेश सरकारले मधेशका जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img