भोलिदेखि ढोरपाटन नगर स्तरीय ७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै ।

 

 भोलिदेखि ढोरपाटन नगर स्तरीय ७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उत्तर गंगा माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु हुने भएको छ ।

ढोरपाटन नगरपालिकाको आयोजना, उत्तर गंगा माध्यमिक विद्यालयका व्यवस्थापनमा नगरपालिका अन्र्तगत रहेका विभिन्न १४ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले विभिन्न विधामा सहभागिता जनाउने भएका छन । बुधबार पत्रकार सम्मेलन मार्फत कार्यक्रमको विषयमा जानकारी गराइएको हो । छात्र छात्रा भलिबल, रिले डौड, हाइजम्प लगायतका विभिन्न २२ वटा इभेन्ट हुने खेलकुद संयोजक चित्र बहादुर पुनले बताउनु भयो । प्रतियोगिता व्यवस्थित रुपमा सम्पन्न गर्नका निम्ती विभिन्न समिति उप समिति गठन गरिएको हो

। जसमा उत्तर गंगा माध्यमिक विद्यालयका शिक्षक किरण पौडेल कार्यक्रम संयोजक रहेको समिति गठन गरिएको हो । चित्र बहादुर पुन खेल संयोजक, लोक बहादुर सुनार विवाद व्यवस्थापन समिति संयोजक, घोसा खानी माध्यमिक विद्यालयका शिक्षक दिपेन्द्र छन्त्याल रेफ्री संयोजक चयन हुनु भएको छ । नगरपालिका मार्फत चार लाख बजेट विनियोजन गरेर बिहीबार र शुक्रबार सम्म सबै विधाका कार्यक्रम सम्पन्न गर्ने गरी गरिएको तयारी अनुसार छात्र भलिबल तर्फ ११ विद्यालयको र छात्रा तर्फ ९ विद्यालयको सहभागिता रहने भएको हो ।

छात्र तर्फ समुह क तर्फ उत्तर गंगा माध्यमिक विद्यालय, घोसा खानी माध्यमिक विद्यालय, ज्वती विकास माध्यमिक विद्यालय, रिभरहेड बोर्डिङ, भुजि मावि र प्रकाश मावि रहेका छन ।त्यस्तै समुह ख तर्फ ज्ञानोदय मावि, जनता बोर्डिङ, न्यू मोर्डन बोर्डिङ, घोसा खानी मावि र शिवालय मावि रहेका छन ।

छात्रा भलिबल तर्फ समुह क मा घोसा खानी मावि, उत्तर गंगा मावि, न्यू मोर्डन बोर्डिङ, ज्ञानोदय मावि, जनता बोर्डिङ रहेका छन । समुह ख तर्फ शिवालय मावि, छोरे गाउँ मावि, ज्वती विकास मावि र प्रकाश मावि रहेको छ ।

पत्रकार सम्मेलन कार्यक्रम उत्तर गंगा माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य गोपाल महतको अध्यक्षता, ढोरपाटन नगरपालिका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख पुष्पक दाहाल, सहायक शिक्षा शाखा अधिकृत ज्ञानेन्द्र सापकोटा, शिक्षक अभिभावक सङ्घका संयोजक रेशम सापकोटा, विद्यालयका प्रधानाध्यापक हरिचन पाण्डे लगायत १४ वटा विद्यालयका शिक्षक प्रतिनिधि, पत्रकार , शिक्षक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम शिक्षक हिरालाल पौडेलले सहजीकरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img