२०८२ मंसिर ३ बुर्तिबाङ,
बागलुङ जिल्लाको बुर्तिबाङ–तमानखोला जोड्ने स्वामीवोट खण्डको वैकल्पिक बाटो निर्माण कार्य ठेकेदारको लापरलाहीका कारण लामो समयदेखि अवरुद्ध बनेको छ ।
काम अघि नबढेपछि स्थानीय बासिन्दा दैनिक आवाइ जाहीमा समस्या खेप्न बाध्य छन् । यही अवस्थाबाट चिन्तित हुँदै बुर्तिबाङ राइजिङ युवा क्लब तथा DYC का युवाहरूले वडा अध्यक्ष बानबहादुर छन्त्यालको नेतृत्वमा स्थलगत अनुगमन गरेका छन् ।
टोलीे सोमबार उक्त क्षेत्रको स्थलगत अनुगमनमा पुगेको थियो । अनुगमनका क्रममा टोलीले बाटोको दयनीय अवस्था नजिकबाट अवलोकन गर्दै निर्माण कार्य किन रोकिन पुगेको हो भन्ने विषयमा गम्भीर चासो व्यक्त गर्यो ।
स्थानीयका गुनासा सुनेपछि टोलीले सम्बन्धित ठेकेदारलाई फोनमार्फत तत्काल जानकारी गराउँदै काम पुनः सुरु गर्न दवाव दिएको थियो ।
दवाबपछि ठेकेदारले आउँदो मंगलवारसम्म साइटमा उपस्थित भई रोकिएको काम सुरु गर्ने आश्वासन दिएको वडा कार्यालयले जनाएको छ ।
स्थानीयले युवा क्लब तथा जनप्रतिनिधिद्वारा गरिएको सक्रिय पहलप्रति धन्यवाद प्रकट गर्दै छिट्टै बाटो निर्माण सम्पन्न गरी सहज आवतजावतको व्यवस्था मिलाइदिन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।










