तेम्बा बजारमा आगलागी : १ कराेड १८ लाख रुपैयाँभन्दा धेरै क्षति ।।

ताप्लेजुङ – ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा १ करोड १८ लाख रुपैयाँभन्दा धेरै क्षति भएको छ ।

मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ मा रहेको तेम्बा बजारमा गएराति भएको आगलागीले चार वटा घर पूर्णरूपमा नष्ट भएकाे थियाे ।

इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको व्यावसायिक घरहरू जलेर पूर्णरूपमा नष्ट भएका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जानकारी दिनुभयो ।

पार्किङमा राखिएको मोटरसाइकलबाट आगलागी शुरू भएको प्रारम्भिक अनुमान गरिएको भए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img