२०८२ मंसिर ३ ,
ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ तेम्बा बजारमा गएराति आगलागी भएको छ ।

आगलागीबाट चार वटा घर जलेका छन् । मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाको घर जलेको हो ।
चारवटै घर र घरमा भण्डारण गरिएको खाद्यान्नलगायत अन्य सामग्री पनि जलेका छन् । पीडितको एकसरो लत्ताकपडाबाहेक सबै जलेको उपाध्यक्ष शेर्पाले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीको कारण खुलिसकेको छैन । क्षतिको विवरण सङ्कलन भैरहेको प्रहरीले जनाएको छ ।










