उत्तर गंगा नमुना माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ सम्पन्न ।।

२०८२ मंशिर १ बुर्तिबाङ,

उत्तर गंगा नमुना माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८१÷०८२ का लागि सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।

कार्यक्रम समाजिक संयोजक रेशम सापकोटाको अध्यक्षतामा सञ्चालन भएको थियो भने बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरे विशेष अतिथिका रुपमा उपस्थित हुनुभएको थियो ।
सहभागीहरूले विद्यालयको समग्र अवस्था, शैक्षिक उपलब्धि तथा सुदृढीकरणका पक्षमा खुला छलफल गरेका थिए ।

कार्यक्रमका दौरान शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायका प्रतिनिधिहरूले शिक्षा क्षेत्रको गुणस्तर, सिकाइ उपलब्धि सुधारका उपाय, भौतिक पूर्वाधार अभाव, शैक्षिक सामग्री व्यवस्थापन, शिक्षक संख्या तथा दक्षतासम्बन्धी चुनौतीलगायत विषयमा आफ्ना धारणा राखेका थिए ।

सो अवसरमा योगेन्द्र परियार र विमल विकलगायतले विद्यालयको वर्तमान शैक्षिक गुणस्तर अपेक्षाकृत कमजोर रहेको स्पष्ट रूपमा उल्लेख गरेका छन् । उनीहरूले विद्यार्थीहरूको सिकाइ उपलब्धि कमजोर हुनु, आधारभूत शैक्षिक सामग्रीको अभाव, समयमै प्रभावकारी व्यवस्थापन नहुनु तथा शैक्षिक एईई , एसएलसीको नतिजा कम्जोर हुनु , सरकारी विद्यलयका शिक्षले प्राइवेत स्कुलमा लगानी गर्नुलगायत विविध पक्षमा देखिएका चुनौतीहरू विद्यालय पछाडि पर्नुको प्रमुख कारण रहेको विश्लेषण प्रस्तुत गरे ।

परियार र विक लगायतले विद्यालयले विगतका वर्षहरूमा देखिएका समस्या समाधानका लागि दिगो, प्रभावकारी र परिणाममुखी दीर्घकालीन रणनीति अनिवार्य रूपमा तयार गर्नुपर्ने आवश्यकता औंल्याए थिए ।
खासगरी शैक्षिक गुणस्तर उकास्न आधुनिक शिक्षण विधिको प्रयोग, नियमित अनुगमन, अभिभावक–विद्यालय समन्वय बलियो बनाउने तथा सिकाइ केन्द्रित कार्यक्रम विस्तार गर्नुपर्ने सुझाव प्रस्तुत गरे ।

विद्यालयमा सिर्जित समस्याहरू समाधान गर्न समुदायको सक्रिय भूमिका आवश्यक रहेको निष्कर्षमा सहभागीहरू एकमत थिए । विद्यालयका सामाजिक संयोजक समितिका सचिव किरण पौडेलले विगत वर्षको शैक्षिक प्रगति, आर्थिक व्यवस्थापन तथा पारदर्शिताबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरका थिए ।
्उनीहरूले आगामी वर्षका लागि विद्यार्थी–अभिमुखी कार्यक्रम विस्तार, सिकाइ प्रभावकारिता बढाउने योजना, अनुशासन सुधार तथा समुदायिक विद्यालय सहकार्य बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वि।सं। २०२५ सालमा स्थापना भएर स्थानीय समुदायको सक्रिय सहयोगसहित शैक्षिक यात्रा प्रारम्भ भएको थियो । स्थापना कालदेखि नै विद्यालयले विभिन्न अवरोध, चुनौती र उतार–चढावका चरण पार गर्दै आफ्नो शैक्षिक स्तरलाई निरन्तर अगाडि बढाउँदै आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले प्रस्तुत सुझाव, टिप्पणी तथा मागलाई समेट्दै विद्यालय सञ्चालन र शिक्षा सेवा प्रवाहलाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यसहित आगामी वर्षका लागि प्राथमिकताका कार्ययोजना निर्माण गर्ने विद्यालय प्रशासनले जनाएको छ ।
कार्यक्रम सह–प्रधानाध्यापक हिरालाल पौडेलको स्वागत मन्तव्य तथा सूचना अधिकारी लोकेन्द्र सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img