बागलुङ नगरपालिका वडा नं. १४ को कार्यालयमा आगजनी ।।

२०८२ कार्तिक २७ बुर्तिबाङ,

बागलुङ । बागलुङ नगरपालिका वडा नं. १४ को कार्यालयमा आगजनी भएको छ ।

मंगलवार राती अज्ञात मानिसहरुले गरेको आगलागिबाट वडाको कम्प्युटर कोठामा रहेका २ थान कम्प्युटर, १ थान ल्यापटप, कुर्सी, एउटा टेवल र टेवलमा भएका कागजात जलेको वडा अध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिए ।

आगजनी कसले र किन गरेको हो भन्ने पत्ता नलागेको र आगजनी गर्नेको खोजी भैरहेको अध्यक्ष खत्रीले बताए । घटना मंगलबार रातिको भएको भए पनि बुधबार विहान मात्र थाहा भएको अध्यक्ष खत्रीको भनाई छ ।

खत्रीका अनुसार  ढोका फुटाउने प्रयास गरेर नसके पछि  झ्यालबाट बासका पात पतिंगर लिएर आगो लगाएको हुन सक्ने अध्यक्ष खत्री अनुमान रहेको छ ।

कोठाका अन्य सामाग्री र महत्वपूर्ण ढड्डाहरु भने दराजमा रहेकाले सुरक्षित रहेको छ ।  क्षतिको सम्पुर्ण विवरण आउन बाकी रहेको खत्रीले बताए  ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img