बागलुङ जिल्लाको निशीखोला गाउँपालिका–५ स्थित कुडेडोर प्राथमिक विद्यालयमा आज एक विशेष कार्यक्रमका बीच कर्म फ्ल्याट फाउन्डेसन, पोखरा–नेपालले ८४ जना विद्यार्थीहरूलाई तातो कपडा (ज्याकेट) वितरण गरेको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन सुनारले सभाध्यक्षतामा निशीखोला गाउँपालिका– ५ का वडा सदस्य तारा बिकको विशेष उपस्थित रहेको थियो । जाडोयाम नजिकिँदै गर्दा गरिएको यस सहयोगले विद्यालयका बालबालिकालाई चिसोबाट जोगिन सहज हुने अपेक्षा गरिएको छ ।

यस अवसरमा फाउन्डेसनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि नयाँ लाइब्रेरी (पुस्तकालय) पनि स्थापना गरेको छ । पुस्तकालय सञ्चालनमा आएपछि विद्यार्थीहरूमा पठन– संस्कृति विस्तार हुने र अध्ययनमा रुचि तथा दक्षता बढ्ने विश्वास लिइएको छ ।
कार्यक्रम विद्यालय परिसरमै सभ्य र भव्य रूपमा सम्पन्न भएको थियो । त्यस्तै, कर्म फ्ल्याट फाउन्डेसनका तर्फबाट प्रेमबहादुर कुँवर लगायतका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक एकराज चन्द ठकुरी ,स्थानीय समाजसेवी, अभिभावक, शिक्षक– शिक्षिका र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका वक्ताहरूले फाउन्डेसनले गर्दै आएको सहयोगबाट ग्रामीण विद्यालयका बालबालिकामा अध्ययनप्रति उत्साह र आत्मविश्वास वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । फाउन्डेसनले विगत केही वर्षदेखि देशका ग्रामीण विद्यालयहरूमा शैक्षिक सुधार, छात्र सहायता तथा विद्यालय पूर्वाधार निर्माण स्वास्थ्य , शिक्षा, लगायत अन्य कार्यहरूमा पनि निरन्तर सहयोग गर्दै आएको कर्म फ्ल्याट फाउन्डेसन, पोखरा– नेपालल प्रबन्धक प्रेम कुवँरले जानकारी दिनुभयो ।
कार्यक्रमका अन्त्यमा विद्यालय परिवारले फाउन्डेसन र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सहयोगी कार्यक्रमले विद्यालय र समुदाय दुवैको प्रगतिमा टेवा पुर्याउने विश्वास व्यक्त गरेको छन् ।










