सन नेपाल लाइफ इन्स्योरेन्स गुल्मीद्वारा मृत्युदाबी भुक्तानी ।।

२०८२ कार्तिक २४ बुर्तिबाङ,
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुल्मीको रेसुंगा नगरपालिका–२ निवासी मधु बस्नेतको मृत्युदाबी भुक्तानी प्रदान गरेको छ ।
बस्नेतले स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था मार्फत १० लाख रुपैयाँ ऋण लिएका थिए । सो ऋण कर्जा सुरक्षा म्यादी जीवन बीमा योजना अन्तर्गत बीमित गरिएको थियो ।
ऋणी बस्नेतका श्रीमानको निधन भएपछि बीमा कम्पनीले सहकारी संस्थालाई मृत्युदाबी बापत १० लाख रुपैयाँ र क्रियाखर्चका लागि थप १० हजार रुपैयाँ गरी जम्मा १० लाख १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
शनिबार सदरमुकाम तम्घासमा आयोजित एक विशेष कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल र प्रमुख बजार अधिकृत गणेश चौलागाईंले सो चेक स्वावलम्बन सहकारीकी अध्यक्ष कमला मरासिनी र व्यवस्थापक सरस्वता थापालाई हस्तान्तरण गर्नुभयो ।कार्यक्रममा बोल्दै सीईओ अर्यालले जीवन बीमालाई “दुःखको साथी र सम्पत्ति जोगाउने माध्यम” को रूपमा परिभाषित गर्नुभयो । उहाँले भन्नुभयो, “बीमा व्यवसायिक र व्यक्तिगत दुवै जोखिम न्यूनीकरणमा सहायक छ । महिलाको सशक्तीकरणमा पनि यसले ठूलो योगदान पु¥याइरहेको छ । हाल देशभर करिब ४ हजार सहकारी संस्था सन नेपाल लाइफसँग आबद्ध छन् ।”त्यस्तै, जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यमबहादुर थापा र स्वावलम्बन सहकारीकी व्यवस्थापक सरस्वता थापाले सहकारीमार्फत संचालित बीमा नीतिले सदस्यहरूको आर्थिक सुरक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। उहाँहरूले आकस्मिक दुर्घटना र अनपेक्षित अवस्थाबाट उत्पन्न हुने आर्थिक जोखिम न्यूनीकरणका लागि यस्ता योजनाहरूलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।वडा नं. २ का वडाध्यक्ष हिराबहादुर थापाले सार्वजनिक क्षेत्रको लगानीले देशमा रोजगारी सिर्जना र आर्थिक सुदृढीकरणमा टेवा पु¥याउने उल्लेख गर्दै, यस्ता बीमा योजनाबाट पीडित परिवारले प्रत्यक्ष लाभ लिन सक्ने बताउनुभयो ।त्यस्तै, क्षेत्रीय प्रबन्धक सन्तोष कुँवर क्षेत्रीले सहकारीमार्फत ऋण लिँदा बीमा अनिवार्य रूपमा गर्नुपर्ने आवश्यकतामा जोड दिँदै भन्नुभयो, “म्यादी जीवन बीमाले सदस्यहरूलाई वास्तविक सुरक्षाको अनुभूति दिलाउने कार्य गरिरहेको छ ।”
गुल्मी शाखाका प्रबन्धक नवीन अर्यालले सन नेपाल लाइफ इन्स्योरेन्सले हालसम्म देशभर ५ सयभन्दा बढी सहकारी संस्थासँग कर्जा सुरक्षा बीमाका लागि सहकार्य गरिसकेको जानकारी दिनुभयो।

उहाँका अनुसार, “कम्पनीको मुख्य उद्देश्य मृत्यु, अशक्तता र आपतकालीन रोगका कारण उत्पन्न हुने आर्थिक जोखिम न्यूनीकरण गर्दै, संस्था, ऋणी र परिवारको दीर्घकालीन वित्तीय सुरक्षा सुनिश्चित गर्ने हो।”

कार्यक्रममा सहभागी वक्ताहरूले बीमाको पहुँच र प्रचार–प्रसारलाई अझ प्रभावकारी बनाउनुपर्ने, साथै सबै सहकारी संस्थाहरूलाई यस्ता बीमा योजनामा आबद्ध गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img