त्रिवेणी सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न ।

कार्तिक २३ गते बुर्तिबाङ
त्रिवेणी वचत तथा ऋण सहकारी संस्थाको १९ औँ वार्षिक साधारण सभा शनिबार बुर्तिबाङमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष हिरालाल खनालको अध्यक्षतामा आयोजीत कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले प्रमुख अतिथीको रुपमा उद्घाटन गर्नुभएको हो ।
आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दे सांसद पौवीले त्रिवेणी बचत तथा ऋण सहकारीले पश्चिम बागलुङका नागरिकलाई सहकारीको माध्यमबाट आर्थिक रुपमा समृद्ध बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउँदै सहकारीले धनि र गरीव वर्ग विचको दुरीलाई नजिक ल्याई आर्थिक समृद्धमा सहज माध्यमको भुमिका खेलिरहेको बताउनु भयो ।
कार्यक्रमका अवसरमा संस्थामा आर्थिक बर्ष २०८१÷०८२ को आर्थिक कारोबार संगै भावि रणनितीको विषयमा प्रकाश पारिएको थियो ।


विशिष्ट अतिथि संस्थाका संरक्षक ढालेन्द्र छन्त्याल,नेत्रलाल उपाध्याय,तमानखोला गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालको शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रमका अवसरमा १३ जना उकृट कारोबारकर्ता सम्मान,कक्षा १२ मा उकृष्ट अंक ल्याउने शेयर सदस्य श्री उत्तमबहादुर महत र तारा भण्डारी महतको सुपुत्र उज्वल महतलाइ सम्मान,एस.ई.ई. मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्य तिलबहादुर बुढा र केशकुमारी बुढाकी छोरी प्रतिक्षा बुढामगर र सेयर सदस्य भुमिराज आचार्यकी छोरी आशिका आचार्य लाइ सम्मान गरीएको जनाइएको छ ।
कार्यक्रममा निशिखोला शाखा प्रतिनिधि नवराज आचार्य ढोरपाटन नगरपालिका न्यायीक समिति सदस्य एबं शेयर सदस्य गोपाल महतको शुभकामना मन्तव्य रहेको थियो ।

त्यस्तै संस्थाका सचिब ज्ञानप्रसाद कँडेलको प्रगती प्रतिवेदन ,कोषाध्यक्ष यूवराज महतको आर्थिक प्रतिवेदन ,लेखा संयोजक उत्तम बहादुर महतको सुझाब सहित प्रतिवेदन प्रस्तुत रहेको थियो ।
कार्यक्रममा निसीखोला शाखा प्रबन्धक होमलाल सापकोटा र केन्द्रीय प्रबन्धक अर्जुन पाध्यालाइ सम्मान गरीएको छ ।

संस्थागत मन्तब्य प्रबन्धक अर्जुन पोखरेलको मन्तव्य, राम प्रसाद आर्चायको स्वागत, सचिव ज्ञान प्रसाद कँडेल र सहसचिव जुनिला घर्तिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । संस्थामा हाल ७०० बढि सेयर सदस्य रहेका छन । बुर्तिबाङ र झिवाखोला बजारमा कार्यालय राखेर संस्थाले कारोबार गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img